काठमाडौँ, ३० साउन । कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको छ। प्राविधिक समस्या नआए आजै परीक्षाफल सार्वजनिक हुने उनले बताए ।
नेपाल टेलिकमले आईभीआर, एसएमएस, यूएसएसडी र वेबसाइटमार्फत् परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।