Samajik Feed – News Portal from Nepal

सर्लाहीको बागमती खोलामा डुबेर बेपत्ता बालकको शव फेला

सामाजिक फीड-जनकपुरधाक, कार्तिक २१ गते । सर्लाहीको बागमती खोलामा डुबेर बेपत्ता बालकको शव दुईदिनपछि फेला परेको छ । गत कार्तिक १९ गते बिहान साढे ६ बजे सर्लाही रामनगर गाउँपालिका १ खैर्वा बस्ने मनोज यादवको छोरा १४ वर्षीय  आशिक यादव कार्तिक पुर्णिमाको अवसरमा बागमती खोलामा नुहाउन जाँदा बेपत्ता भएका थिए । उनको शव नेपाल प्रहरी र […]

जनकपुरधाम-ढल्केवर सडक खण्डमा आकाशे पुल बन्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । जनकपुरधाम–ढल्केवर ६ लेन सडक खण्डमा विभिन्न तीन स्थानमा आकाशे पुल निर्माण सुरु भएको छ । सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरधामले करिब साढे १० करोडको लगानीमा आकाशे पुल निर्माण गर्न लागेको हो ।निर्माणको ठेक्का लागेपछि अहिले निर्माण प्रक्रिया सुरु भएको हो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक तथा सखुवा […]

सिरहामा ब्राउन सुगर बिक्री गर्ने दुई जना पक्राउ, घरबाट ब्राउन सुगर बरामद

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । सिरहा प्रहरीले ब्राउन सुगर बेच्ने दुई जना युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका ७ जिवा टोल बस्ने २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । बुधबार साँझ मिर्चैया ७ जिवा टोल स्थित लागूऔषध ब्राउन सुगर बिक्रि बितरण […]

अग्नीसाईर कृष्णसवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी निरन्तर विवादमा स् मालिसपछि अब राजिनामा काण्ड

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । सप्तरीको अग्नीसाईर कृष्णसवरन गाउँपालिका पछिल्लो समय निरन्तर विवादमा छ । अध्यक्ष दिनानाथ चौधरीको कार्यालयमा वडाध्यक्षले मालिस गरेको भिडियो भाइरलपछि अहिले उनको राजीनामा विवादले पालिका तातेको छ । असोज ५ गते मितिको पालिका अध्यक्ष चौधरी राजिनामा पत्र बुझाएको भन्दै कार्तिक १८ गते कार्यपालिका बैठकले स्वीकृत गरेको छ । उपाध्यक्ष कल्पना […]

अस्पतालको भवनबाट औरही गाउँपालिकाको सेवा

रासस-सिरहा, कार्तिक २० गते । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ । कार्यालय सञ्चालनका लागि अर्को विकल्प नहुँदा गाउँपालिकाले अस्पतालको माथिल्लो तला […]

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा सिरहाका १ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले सिरहाका एक जनालाई पक्राउ गरेको छ ।सिरहाको कल्याणपुर नगरपालिका ११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहले म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू […]

कमला नदीमा कात्तिक पूर्णिमा मेला, लाखौं श्रद्धालुको भीड

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । धनुषा र सिराहाको सीमामा बग्ने कमला नदीमा आज कात्तिक शुक्ल पूर्णिमाको अवसरमा परम्परागत भूत मेला लागेको छ । बिहानैदेखि नदी किनारमा स्नान गर्न आएका श्रद्धालुहरूको ठूलो भीड देखिएको छ । यसलाई कार्तिक पूर्णिमा मेला पनि भन्ने गरिन्छ । हिजो साँझदेखि नै विभिन्न गाउँबाट धामी–झाँक्री र स्थानीय श्रद्धालुहरू सारश्वर, चिकना, […]

सुनचाँदी पसलमा छापामारी गरेका प्रहरीलाई कारबाही नगरेको भन्दै जनकपुरका व्यवसायीले बन्द गरे पसल

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । जनकपुरका व्यवसायीहरुले अबैध रुपमा सुनचाँदी पसलमा छापा मारेका प्रहरीलाई कारबाही नगरेको भन्दै पसल बन्द गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको आह्वानमा जनकपुरका व्यापारीहरुले आज दिउँसो १२ बजेसम्म पसल बन्द गरेका छन् । व्यवसायीहरुले प्रहरीले अबैध रुपमा छापा मारेको भन्दै धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम र घुमुवा प्रहरी सहायक […]

सप्तरीको छिन्नमस्तामा हैजा संक्रमण फैलिएको आशंका, तीन जनाको आरडीटी पोजेटिभ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । सप्तरीमा समेत हैजा संक्रमण फैलिएको आशंका गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा झाडापखालाले तीन जनाको मृत्यु भएपछि हैजाको संक्रमण फैलिएको आशंका गरिएको छ । आइतबार साँझसम्म झाडापखालाका ९ जना बिरामीको दिसाको नमुना संकलन गरी आरडीटीबाट हैजा परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको हो । गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीका […]

महोत्तरीमा एमालेको सदस्यता ३३ हजार नाघ्यो, मधेसभर १ लाख ५६ हजार पुगे

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । महोत्तरीमा नेकपा एमालेको पार्टी सदस्यता (संगठित सदस्य) ३३ हजार २८७ जना पुगेका छन्। एमालेले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र केन्द्रीय कार्यालयले अद्यावधिक गरेको विवरण अनुसार महोत्तरीमा पार्टी सदस्य ३३ हजार नाघेको हो। पार्टीको सदस्य ३३ हजार नाघेसँगै २०७९ मा भएको चुनावमा एमालेले महोत्तरीमा प्राप्त गरेको समानुपातिक मतभन्दा […]