Samajik Feed – News Portal from Nepal

३४ दिन पछि १५ वर्षीय किशोरको शव सेफ्टी ट्याङ्कीमा भेटियो

११ पौष, जनकपुरधाम। वीरगञ्जमा हराएको ३४ दिन पश्चात एक किशोरको शव सेफ्टी ट्यांकीमा फेला पारिएको छ । वीरगञ्ज महानगरपालिका २५ सिर्सिया खल्वाटोलाका १५ वर्षीय निरज कुमार पासवानको शव आइतबार फेला परेका हुन् । मंसिर ५ गतेदेखि हराएका उनको शव गुरूकुल पन्ना इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा भेटिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी […]

रौतहटमा भारतीय घिउ बरामद

११ पौष, जनकपुरधाम। सशस्त्र प्रहरीले रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमाबाट भारत अनिवार्य रूपमा आयातित भैँसीको घिउ बरामद गरेका छन्। आइतबार साँझ विशेष सूचनाको आधारमा ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेका छन् ।बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार […]

चिसोले कठ्यांग्रिएर एक पुरुषको मृत्युको आशंका

११ पौष, जनकपुरधाम। आज सोमबार बिहान सर्लाहीमा एकजना पुरुषको शव फेला परेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ स्थित बजारमा नामथर, वतन नखुलेको अन्दाजी ६०÷६५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन्। मागेर खाँदै हिँड्ने ती पुरुष स्थानीय रत्न श्रेष्ठको घरको पेटीमा सुतेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएका छन् ।जाडोले कठ्यांग्रिएर उनको […]

एसपी यादव माथि भ्रष्टाचारको मुद्दा

०८ पौष, जनकपुरधाम। नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन। उनलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको हो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले एसपी यादवलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिएका हुन् । उनलाई विशेष अदालतको फैसला उल्टाउँदै ४ महिना कैद र ९७ […]

Nepal Tourism Board द्वारा मधेश प्रदेशमा “जीविकोपार्जन पुनरउत्थानका लागी दिगो पर्यटन परियोजना” नामकएक दिने गोष्ठीको आयोजना गरिएको छ।

०८ पुष, जनकपुरधाम। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानिमा कोभिड-१९ को संकटको कारणले रोजगार र आय आर्जनका अवसरहरू गुमाएका पर्यटन क्षेत्रका श्रमिक/मजदुरहरूले अल्पकालीन रोजगारीका अवसरहरु प्राप्त गर्ने र प्रमुख पर्यटकीय गन्तब्यस्थलहरूका पर्यटकीय सम्पदाहरुको सम्वर्द्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरुको लागि रोजगार र आय आर्जनका अवसरहरूमा बृद्धि गर्न […]

छोरीको शिक्षा बीमा गराउन मधेशमा सचेतना कार्यक्रम

०८ पौष, जनकपुरधाम। ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान’ अन्तर्गत बिहीबार महोत्तरी र धनुषा जिल्लाका दलित तथा सिमान्तकृत बस्तिहरुमा ‘छोरी शिक्षा बीमा जागरुक सचेतना कार्यक्रम’ गरिएको छ । सामाजिक विकास मन्त्रालय, युरोपियन युनियन र युनिसेफको साझेदारीमा ‘पहिलो चरण’ अन्तर्गत मधेस प्रदेशको आठवटै जिल्लामा सचेतनाका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै मधेस प्रदेश शिक्षा विकास […]

घुर ताप्ने क्रममा एक महिलाको जलेर मृत्यु

०८ पौष, जनकपुरधाम। सर्लाहीको हरिवन नगरपालिका ३ बस्ने एक महिलाको घुर ताप्ने क्रममा आगोमा जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका ३ का टिकाराम रखालकी ५५ वर्षीया श्रीमती गोरीमाया रखाल हुन् । स्थानीय तुलसी हुमागाईले संचालन गरेको चिरान मिलमा उनका पति टिकाराम कुरुवाको काम गर्ने गर्छन् । त्यहि चिरानमलिमा बुधबार साँझ साढे ७ […]

जातीय विभेद अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गरौँ, मधेसी गभर्नर भन्छन्

०८ पुष, जनकपुरधाम। मधेस प्रदेशका राज्यपाल हरिशङ्कर मिश्रले जातीय भेदभाव र छुवाछुत विरुद्धको ऐन र कानुनको प्रभावकारी कार्यान्वयन हुन बाँकी रहेको बताएका छन् । मधेश प्रदेशस्तरीय दलित महाधिवेशन–२०२२ को आज यहाँ उद्घाटन गर्दै प्रदेश प्रमुखले दलित र तल्लो तहका जनतालाई सम्बद्ध ऐन कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जातीय व्यवस्थाले विभिन्न किसिमका भेदभावको शिकार भइरह्यो। जातीय […]

मधेशमा श्रीमानले करेन्ट लगाएर श्रीमतीको हत्या, हत्या लुकाउन गाडीले किचियो बहाना

सामाजिकफिड-जनकपुरधाम, पुस ७ गते । बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका-२७ जसौलीस्थित सडकमा एक महिला मृत फेला परेकी थिइन्। उनी सोही ठाउँकी ३० वर्षीया रिंकु कुमारी हुन्। उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो पक्राउ पर्नेमा उनका श्रीमान र उसको देवर रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। पक्राउ […]

मधेशके जिल्ला सबने भारि धुनी

सामाजिकफिड-जनकपुरधाम, पुस ७ गते । आइ काठमाण्डौ उपत्यकासहित देशके पहाडी और तराईके विभिन्न भूभागमे भारि धुनी लागल छै । धुनीके कारण तराईके जिल्लामे जनजीवन प्रभावित हुव शुरू भेल माैसमविद् बतैने छल । धुनीके कारण बिहानके समयमे हिँडडुल कर बहुत समस्या भेल अछी । अखुन नेपालके पूर्वी भूभागमे पश्चिमी न्यून चापीय प्रणालीके आंशिक प्रभाव रहल मौसम […]