सामाजिक फीड
जनकपुरधाम, बैशाख २६ गते ।
जनकपुरमा कुकुरको आक्रणबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
पुलचोकस्थि खेल्दै डेरा नजिकै रहेको आँप घारीमा कुकुरले टोक्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक साहकी ६ वर्षीया छोरी मंगलवार साँझ पुलचोकस्थित डेरा नजिककै घारिमा आँप टिप्न गएकी थिइन् ।
त्यहाँ ३र४ वटा संख्यामा रहेका कुकुरले आक्रमण गर्दा सन्ध्याको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
उनका अनुसार सन्ध्या दिदिबहिनीहरुसँगै खेल्दा खेल्दै घरबाट आँप टिप्न हिँडेका थिए । ‘सँगै खेलिरहेकाहरु पनि सानसााना बच्चाहरु नै थिए । उनीहरुले कुकुर धपाउन खोजे तर सकेनन् ।
कुकुरले टोकेर बच्चाको घटनास्थलमै मृत्यु भएको हो,’ उनले भने । सन्ध्याकी आमाबुवा पुलचोकमा डेरा लिई मजदुरीको काम गर्छन् ।
उनीहरु काम गर्न गएको बेला बालिकाहरु घरबाट खेल्दै आँप टिप्न जाँदा घटना भएको हो ।