Samajik Feed – Nepali News Portal

सामाजिक फीड
जनकपुरधाम, वैशाख २६ गते ।

बारामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

परवानीपुर गाउँपालिका–५ नौतन बहुर्अरीस्थित सडकमा दुर्घटना हुँदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डीएल १ सिएच २३६० नम्बरको कारको ठक्करबाट स्थानीय ऋषि मुनि साहकी छोरी ६ वर्षीय प्रीति कुमारी साहको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कारमा सवार २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!