Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , वैशाख २१ गते ।

मधेश प्रदेश सरकारका स्वास्थ तथा जनसंख्या राज्य मन्त्री केशव राय चौधरीले रौतहटको कटहरिया नगरपालिका ३ स्थित बर्थिङ सेन्टरको शिलान्यास गरेका छन् ।

कटहरिया ३ बिर्ती प्रष्टोका गाउँ छेउ शुक्रवार एक समारोहका बिच विधिवत रूपमा ब्राह्मण द्वारा मन्त्रोच्चारण पश्चात कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री चौधरीले बर्थिङ सेन्टरको शिलान्यास गरेका हुन।

उक्त अवसरमा वडा ३ का अध्यक्ष श्यामाकान्त यादव,४ का अध्यक्ष चन्दन कुशवाहा , वडा अध्यक्ष संन्जय यादब, शिक्षक नेता मणिशंकरनिधि, मेयर प्रत्याशी योगेन्द्र साह, एमाले नेता बिनोद साह, लगायत बुद्धिजीवी,समाजसेवी, युवाहरूको बिशेष उपस्थितिमा रहेको थियो ।

मधेश प्रदेश सरकारको कुल २५ लाख रुपैयाँको लागतमा तीन महिना भित्र बर्थिङ सेन्टर भवनको निर्माण गरिने योजना रहेको वडा ३ का अध्यक्ष श्यामाकान्त यादवले जानकारी दिएका छन् ।
 

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *