Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
वीरगञ्ज, वैशाख २५ गते ।

वीरगञ्जबाट पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एक युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको सयुँक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट एक जनालाई पक्राउ गरेको हो ।

वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेलको साथबाट स्रोत नखुलेको रकम फेला परेको हो ।

पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाकाअनुसार पटेलले बोकेको कालो रंगको झोलाभित्र लुकाई छिपाई राखिएको एक हजार दरको नोट ८८९ थान (८ लाख ८९ हजार), पाँच सय दरको नोट ८५० थान (४ लाख २५ हजार) र एक सय दरको नोट १० थान (एक हजार) गरी जम्मा १३ लाख १५ हजार रकम बरामद गरिएको हो ।

साथै विभिन्न बैंकका खाली चेक ७ थान पनि बरामद गरिएको छ । पटेलविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!