सामाजिक फीड-
जनकपुरधाम, वैशाख २४ गते ।
जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटेका छन् । धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रकम लुटिएको हो ।
सहकारीका कर्मचारी विरेन्द्र महतोले एक बैंकबाट निकालेर लैजाँदै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका १९ थुम्हौना भन्ने स्थानबाट आज दिउँसो १ बजेतिर हतियारधारीले पेस्तोल देखाएर लुटेका हुन् ।
मोटरसाइकलमा आएका दुईजना हतियारधारीले लुटेको उनले बताएका छन् । महतो मोटरसाइकलमा आफ्नी श्रीमती रेखासंगै झोलामा ८० लाख रकम लिएर जाँदै गरेका थिए ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।