सामाजिक फीड
जनकपुरधाम , बैशाख २३ गते ।
जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ ।
भारतमा हुने लोकसभा निर्वाचनलाई मध्येनजर गरि रेलसेवा बन्द गर्ने निर्णय गरिएको हो ।
भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ अर्थात वैशाख २५ गते लोकसभा चुनाव हुनलागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा जारी सूचनामा बताइएको छ ।
चुनावको २४ घण्टा पहिले बोर्डर बन्द गर्नुपर्ने भएकाले आइतवारबाट जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ ।
इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ । बुधवारबाट भने नियमित रुपमा रेलसेवा संचालनमा आउनेछ ।