Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

सर्लाही, २० वैशाख । सर्लाहीको विष्णु गाउँपालिका–१ स्थित बाराउद्योरण गाउँमा भीषण आगलागी भएको छ । आगलागीमा हुँदा करिब ६५ घर जलेका छन् । बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्याँस सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर पूर्ण रूपमा जलेको वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए ।

नगरप्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा आगलागीपछि एक सयभन्दा बढी घरमा क्षति पुगेको बताए । उनले भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेको र क्षतिको विवरण आइनसकेको बताए ।

दिउँसो १ बजेतिरबाट सुरु भएको आगो स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाएका थिए ।

स्थानीय विनय सिंहले एउटा घरमा लागेको आगो ग्याँस सिलिण्डर पड्किएपछि बस्तीमा विस्तार भएको बताए ।

त्यस्तै, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आगलागी नियन्त्रणमा आएको र हाल क्षतिको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!