Samajik Feed – News Portal from Nepal

जनकपुर साहित्य महोत्सवको आज पहिलो दिन, उद्घाटन समारोह

११ फाल्गुन, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिगत ४ वर्ष देखि जनकपुर साहित्य महोत्सवको आयोजना हुदैं आएको छ। यसवर्ष पनि बडो हर्ष-उल्लाशका साथ जनकपुरधाममा साहित्य महोत्सव हुन् गईरहेको छ। नभ मिथिला फाउण्डेशनको आयोजना र फ्याकट्स नेपालको प्रमुख प्रयोजनमा हुने साहित्य महोत्सव आज फाल्गुन ११ गते देखि १३ गतेसम्म जानकी मन्दिरको प्राङ्गणमा चल्ने भएको छ। चौथो […]

जनकपुरधाममा जनकपुर साहित्य महोत्सवको भव्य तयारी

७ फाल्गुन, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुदैंछ साहित्य महोत्सवको भव्य तयारी। पहिलो, दोस्रो, तेस्रो जनकपुर साहित्य महोत्सवको सफल आयोजना- पश्चात नव मिथिला फाउनदेसनले चौथो जनकपुर साहित्य महोत्सवको आयोजना गर्न गईरहेको छ। फाल्गुन ११, १२, र १३ गते तीन दिनको हुने महोत्सव जनकपुरधामको जानकी मन्दिरको प्रांगणमा हुन् गईरहेको छ। महोत्सवको उद्घाटन समारोहको प्रमुख अतिथिको रुपमा […]

भोलीदेखि १५ दिने पदयात्रा, मिथिला मध्यमा परिक्रमा सुरु हुँदै

७ फाल्गुन, जनकपुरधाम। मिथिलाको महाकुम्भ मानिने १५ दिने पदयात्रा, मिथिला मध्यमा परिक्रमा भोलीदेखि सुरु हुने भएको छ। सोमबार धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमा सुरु हुनेछ ।जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गरिन्छ। मिथिला महात्मा […]

“अव्यवस्थित गाईवस्तुहरुले जनकपुरधाममा ट्राफिक समस्या बढाउँदै, जनाक्रोश र सडक दुर्घटना प्रवल सम्भावना”

७ फाल्गुन, जनकपुरधाम। अव्यवस्थित पूर्वाधार र साँघुरो सडक ट्राफिक जामको सामान्य कारण भए पनि अध्यात्मको शहर जनकपुरधामको सडकमा घुम्ने गाईवस्तुले ट्राफिक समस्या थपेको छ। अव्यवस्थित रुपमा गाईवस्तु छाड्नुमा सम्बन्धित निकायको व्यवस्थापनको अभाव रहेको देखिन्छ।स्थानीयहरुले पटक-पटक उपमहानगरपालिका र सम्बन्धित सबै निकायलाई निवेदन गर्दा पनि केहि समाधान नभएको जनआक्रोश रहेको छ।घुम्ने गाईवस्तुको व्यवस्थापन गर्न नसक्दा सडक दुर्घटना […]

बारामा एक लाख भारु सहित एक जना पक्राउ परेको छ

५ फाल्गुन, जनकपुरधाम। बाराबाट एक लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेको प्रहरीले जनाएका छन् ।भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको थियो । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख […]

जनकपुर यातायात कार्यालयबाट दुईजना बिचौलिया पक्राउ

४ फाल्गुन, जनकपुरधाम। यातायात कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेका छन्। पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का ३३ वर्षीय अनिल साह र महोत्तरीकै एकडारा गाउँपालिका –३ का ३५ वर्षीय विरेन्द्र साह रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका हुन् । उनका अनुसार दुबैजनालाई बुधबार दिउँसो यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम […]

जनकपुरमा ‘मेरो मिथिला’ शीर्षकमा वक्तित्वकला र कविता सम्पन्न

जनकपुरधाम, फागुन २ गते । जनकपुरधाममा नभ मिथिला फाउण्डेशन र माई सेकेण्ड टिचरको आयोजनामा जनकपुर उद्योग बाणिज्य संघमा वक्तित्व कला र कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा धनुषाका दर्जन भन्दा बढ़ी विद्यालयका छात्र छात्राहरु सहभागी भएका थिए।‘मेरो मिथिला’ शीर्षकको वक्तित्वकला र कविता वाचन प्रतियोगितामा भाग लिएका वक्तित्वकलामा ५४ जना र कविता वाचन ४० जाना […]

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु

२ फाल्गुन, जनकपुरधाम। पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ।आज दिउँसो पुर्व तर्फ जादैगरेको स.९प ८१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक शम्भुनाथ नगरपालिका ११ का २८ वर्षीय कपिल चौधरीको मृत्यु भएको हो।मोटरसाइकल अनियन्त्रित भइ सडको छेउमा लडेका उनी गम्भीर घाइते भएका थिए। चालक उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु […]

जोखिम उच्च छ, जिम्मेवारी कसको ?

३० माघ, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामको वार्ड नम्बर ३ मा बाटो झुर अवस्था भएकोले सर्वसाधारणको जीवन कष्टकर बनेको छ। वर्षौ देखि जनकपुरधामको किशोरीनगरमा न त् बाटो राम्रो अवस्थामा छ न त् नाला र पनि कुनै उचित निकाश रहेको छ। स्थानीयहरुले पटकपटक वार्ड अध्यक्षलाई निवेदन गरेता पनि यार्ड अध्यक्षको ध्यान आकर्षण हुन सकेको छैन। १० […]

कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले गरे शिवराज सँग विवाह

२८ माघ, जनकपुरधाम। बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठ विरुद्ध अदालतमा उजुरी समेत गरेकी कुमारी आमाका नामले चर्चामा आएकी निहारिका राजपूतले श्रेष्ठसँग विवाह गरेकी छन् । उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् । यसअगाडि उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम […]