सामाजिक फीड
जनकपुरधाम , जेष्ठ २० गते
सर्लाहीमा चापाकलमा जडान गरेको मोटर चलाएर नुहाउने क्रममा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ ।
बागमती नगरपालिका(३ घर भई बरहथवा नगरपालिका-९ पैतालिस बिगा स्थित हिमाल लामाको घरमा डेरा गरी बस्दै आएका ६० वर्षीय रत्न बहादुर डिमडिमको करेन्ट लागेर मृत्यु भएको हो ।
सर्लाही प्रहरीका अनुसार शुक्रबार दिउँसो मोटर चलाएर नुहाउने क्रममा चापाकलमा अचानक विद्युत सर्ट भई करेन्ट लागेर घाईते भएका डिमडिमलाई उपचारको लागि नबजिबन अस्पताल बरहथवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जानकारी दिए ।