सामाजिक फीड-
जनकपुरधाम, १८ जेठ ।
जनकपुरको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा सहभागी भएका छन् । विद्यालयका १० जना विद्यार्थी र एकजना शिक्षक आ–आफ्ना अभिभावकसहित २१ सदस्यीय टोली काठमाडौं गएका हुन् ।
उनीहरु शुक्रबार काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (केआइएमएफएफ) मा सहभागी हुन लागेको जनाएको छ ।
विद्यार्थीहरू च्याम्पियनिङ यंग फिल्ममेकरहरू बियन्ड बोर्डर्स प्रोजेक्टमा आफ्नो रचनात्मकता र प्रतिभा प्रदर्शन गर्ने विद्यालयका निर्देशक डाक्टर सोनु कुमार साहले जानकारी दिए ।
यस फेस्टिभलमा नेपालसहित स्कटल्याण्ड, इजिप्ट र बेलायतका युवा फिल्म निर्माताहरूलाई आमन्त्रण गरिएको र त्यसमा मोनाष्टिकका विद्यार्थीहरूले पनि सहभागिता जनाएको उनले बताए ।
सन् २०२३÷२४ का लागि यो अविश्वसनीय पहलले नेपाल, स्कटल्याण्ड, इजिप्ट र बेलायतका युवा फिल्म निर्माताहरूलाई महत्वपूर्ण मुद्दाहरूमा फिल्महरू सिर्जना गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने निर्देशक डाक्टर सोनुले विश्वास व्यक्त गरेका छन् ।
फेस्टिभलमा सहभागी एक छात्रले भने, ‘केआइएमएफएफमा हामीले निर्माण गरेका चलचित्रहरू स्क्रिन गरिने भएकोले हामीलाई खुशी पार्न हामीसँग सामेल हुनुहोस् । ३१ मे, २०२४ मा नेपाल पर्यटन बोर्ड, हल ‘‘बी’ मा हामी र हाम्रा प्रबन्ध निर्देशक सोनु कुमारलाई प्रस्तुत गर्ने प्यानल छलफललाई नछुटाउनुहोस् ।’
त्यस्तै निर्देशक डाक्टर सोनुले पनि आफ्ना विद्यालयका युवा चलचित्र निर्माताहरूलाई समर्थन गर्न सबैसँग आग्रह गरेका छन् । विद्यार्थीहरूले यस्ता प्रकारका अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विद्यालयको प्रतिनिधित्व गर्नु आफ्ना लागि गौरवको विषय भएकोसमेत बताए ।