सामाजिक फीड
जनकपुरधाम , जेष्ठ २० गते ।
जनकपुरधाममा जारी श्रमाधान रोजगार मेला सम्पन्न भएको छ ।
संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा शनिबारदेखि भएको ‘मधेश प्रदेश श्रमाधान रोजगार मेला’ सम्पन्न भएको हो ।
जनकपुरधाम उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न उक्त मेलामा शनिबार करिव तीन हजार पाँच सय र २० गते आईतबार करिव दुई हजार पाँच सय गरी छ हजार भन्दा धेरै व्यक्तिहरुले मेलाको अवलोकन गरेका छन्।
यस्तै, रोजगारीको खोजीमा मेला स्थल पुगेका करिव २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।
मेलामा रोजगारीको लागि होटलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिट गार्ड तर्फ ८० जना गरि २४७ जना आवेदकहरुलाई अन्तरवार्ताको लागि आमन्त्रण गरिएको जनाइएको छ ।
मेलामा उद्योग प्रतिष्ठानका १४, होटल संस्थाहरु ४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाको २ तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रसमेत ६ गरी जम्मा ३७ वटा स्टल राखिएका थिए ।