सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १६ गते
मधेश प्रदेशका जिल्लाहरूमा अत्यधिक गर्मी बढिरहेको छ र यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन्।
तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ।
महाशाखाले अत्यधिक गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।