Samajik Feed – News Portal from Nepal

सर्लाहीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, बैशाख २४ गते । सर्लाहीमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतीय गाडीको ठक्करबाट हरैयामा एक युवक र मोटरसाइकलले ठक्कर दिँदा हरिपुर्वामा एक वृद्धको मृत्यु भएको हो । हरिपुर नगरपालिका–४ हरैयामा शनिबार राति भारतीय बीआर ३० ए २७२१ नम्बरको गाडीले ठक्कर दिँदा चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ […]

जनकपुरधामको भानु चोकमा आइतबार पनि प्रदर्शन

जनकपुरधाम, १७ वैशाख । जनकपुरधामको भानु चोकमा आइतबार पनि प्रदर्शन भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले भानु चोकमा आदिकवि भानुभक्त आचार्यको शालिक राख्ने तयारी गरेपछि मधेशकेन्द्रित दलले निरन्तर विरोध गर्दै आएका छन् । आइतबार साँझ पनि मधेशकेन्द्रित दलका नेता तथा कार्यकर्ताहरूले भानु चोकमा जनकपुरधामका मेयर मनोजकुमार साहविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले मेयर साहको तस्बिर जलाउनुका […]

नागरिकताविहीनहरू शुक्रबारबाट रिले अनशनमा

मोरङ, १५ वैशाख । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै नागरिकताविहीनहरूले रिले अनशन सुरु गरेको छ । नागरिकता पीडित संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीसहित नागरिकताविहीनहरूले शुक्रबारबाट विराटनगरमा जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनशन सुरु गरेका हुन् । अमन वर्मा, किसन अग्रवाल, सीता दास, राधा पटेललगायत अनशनमा बसेका छन् । यसअघि बिहीबार नागरिकताविहीनहरूले झापा विर्तामोडको मुक्तिचौकमा प्रदर्शन […]

धनुषामा एकैदिन अपरिचित दुई पुरुषको शव भेटियो

सामजिक फिड-जनकपुरधाम, बैशाख १४ गते । धनुषामा एकैदिन छुट्टाछुट्टै स्थानमा एकयुवकसहित दुई पुरुषको शव फेला परेको छ । धनुषाको नगराईन नगरपालिका –४ स्थित सडक खण्डमा ५० वर्षीय र गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–१ ज्यामिरे खोलाको किनारमा २७ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार दुबै मृतको […]

सिरहामा सर्पले टोक्दा ४ वर्षीय बालको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, बैशाख ८ गते । सिरहामा विषालु सर्पले टोक्दा ४ वर्षीय बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका-८ भाइजिका श्याम साहका ४ वर्षीय छोरा अविनासको मृत्यु भएको हो । उनलाई बिहीबार आफ्नै घरमा खेल्दै गरेको अवस्थामा सर्पले टोकेको थियो ।उपचारमा ल्याउन ढिला गर्दा बालकको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन्। सर्पको टोकाइबाट सिकिस्त भएका बालकलाई उपचारका लागि […]

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान

सामाजिक फिड-जनकपुरधाम, बैशाख ४ गते । जाकपुरधाम स्थित राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अघि बढाएको छ । उपकुलपति हुन योग्य व्यक्तिबाट सरकारले दरखास्त आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी इच्छुक व्यक्तिले यही वैशाख ९ गतेभित्र दरखास्त दिन भनेको छ । दरखास्त मन्त्रालयको कोठा नम्बर ४०७ मा […]

एक वर्षमा मधेस प्रदेश सरकारले किन्यो ४५ करोड ३१ लाखको गाडी

१ बैशाख, जनकपुर । एक वर्षमा मधेस प्रदेश सरकारले ४५ करोड भन्दा बढिको गाडी खरिद गरेको छ। महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को ६०औँ वार्षिक प्रतिवेदनमा सातवटै प्रदेशमध्ये सबभन्दा बढि मधेस प्रदेश सरकारले ४५ करोड ३१ लाख रुपैयाँको गाडी खरिद गरेको उल्लेख छ । बागमती प्रदेशले ३० करोड ८ लाख, लुम्बिनी […]

गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप एक प्रदर्शनकारीसहित्,६ जना प्रहरी घाइते

२९ चैत, जनकपुर । रौतहटको मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद उग्र रुपलिई प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परेर गरुडा-५ का गजेन्द्र साह गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । झडप नियन्त्रणमा […]

मिर्चैयाका सुकुम्बासी र व्यापारी आन्दोलित

सामाजिक फिड-जनकपुरधाम, चैत २७ गते । सिरहाको मिर्चैया बजारका सुकुम्बासी तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । बजारमा झण्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले आफूहरुमाथि ज्यादति गरेको भन्दै आइतबार उनीहरुले मिर्चैयामा र्यारी प्रदर्शन गरे । नगरपालिका जनताका लागि अभिभावकीय […]

महोत्तरीबाट चोरीको मोटरसाइकलसहित एक वडाअध्यक्षका छोरा पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २७ गते । महोत्तरीमा चोरीको मोटरसाइकलसहित एक जनप्रतिनिधिका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ रघुनाथपुर बस्ने १९ वर्षीय सुजित कुमार सहनी रहेका छन् । पक्राउ परेका सहनी सोनमा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रामप्रमोद सहनीका छोरा हुन् । सहनीलाइ गौशाला नगरपालिका–२ निगौल चोकबाट चेकजाँचको […]