महोत्तरीमा डिएसपीको कसले भाँचिदियो खुट्टा ?

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते । महोत्तरीमा एक प्रहरी नायव उपरीक्षक (डिएसपी) माथि आक्रमण भएको घटना बाहिरिएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डिएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो । घटना बिहीबार राति १० बजेको हो । महोत्तरीको जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी […]
रौतहटमा नहरमा डुबेर एक बालिकाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, साउन ६ गते रौतहटमा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शनिबार जिल्लाको चन्द्रपुर–१० स्थित वाग्मती नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । अर्की एक बालिकालाई नहरबाट सकुशल उद्धार गरिएको छ । बडेर्वाका राजकुमार साहकी ८ वर्षीय छोरी शिवानीकुमारी साह र स्थानीय परमेश्वर साहकी ८ वर्षीया नातिनी शिवानी साह गाउँनजिक रहेको […]
धनुषमा अवैध खोला उत्खननमा प्रयोग गरिएका ३ ट्याक्टर नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, साउन ५ गते । धनुषामा अबैध खोला उत्खननमा प्रयोग गरिएका ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ कमला खोलामा अबैधरुपमा उत्खनन् कार्यमा संलग्न तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट संयुक्त रुपमा खटिएको […]
मधेश प्रदेशको पर्यटन विकास कार्यालयका इन्जिनियरमाथि कुटपिट

सामाजिक फीड-जनकपुरधाम, साउन ३ गते । मधेश प्रदेशको जनकपुरधाम स्थित पर्यटन विकास कार्यालयका ईन्जिनियर मो. युनिस राईन कुटिएका छन् । कमिसन नदिँदा सम्पन्न योजनाको भुक्तानी रोकेको भन्दै कार्यालयमै निर्माण व्यवसायीहरुले हातपात तथा दुव्र्यबहार गरेको प्रत्यक्षदर्शी सेवाग्राही रामकेवल यादवले बताए । ईन्जिनियरमाथि दुई-तीन झापड प्रहार भएको यादवको भनाइ छ । उनीमाथि दुव्र्यबहार भएको भिडियोमा देखिन्छ । […]
सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा चार युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन २ गते । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको आरोपमा चार युवक पक्राउ परेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी पक्राउ परेका हुन् । कार्यालयका […]
धनुषामा अवैध खोला उत्खनन गर्ने ६ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, असर ३० गते । धनुषामा अवैध खोला उत्खनन गर्ने ६ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।ईलका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले क्षिरेश्वरनाथ नगरपालिकाको औरही खोला र जलाद खोलामा अवैध रुपमा बालुवा उत्खनन गर्ने ६ वटा ट्रयाकटर नियन्त्रणमा लिएको हो । ज. १ त ८५०३, ना. ६ त ५६४३, ज.१ त ५१३२, […]
महोत्तरीमा जनमत पार्टीका नेता तथा कार्यकर्ताले धान रोपाइँमा गरे श्रमदान

महोत्तरी, २८ असार । महोत्तरीमा जनमत पार्टीका नेता तथा कार्यकर्ताले श्रमदान गरी धान रोपाइँमा सहयोग गरेका छन् । बिहीबार बिहान महोतरी गाउँपालिका-५ मा सार्वजनिक श्रमदानअन्तर्गत धान रोपाइँको कार्यक्रम गरिएको हो । धान रोप्ने मुख्य समयमा कृषि मजदुरको अभावका कारण रोपाइँ हुन नसकेपछि मधेशका एक मन्त्रीसहित जनमत पार्टीका नेता तथा कार्यकर्ताले श्रमदान गरेका हुन् । महोत्तरी […]
मिर्चैयाका मेयर यादवले महिला प्रदर्शनकारीलाई अपशब्द भनेपछि लखेटिए

सिरहा, २५ असार । सिरहाको मिर्चैयाका मेयर श्रवणकुमार यादवले आन्दोलनकारीलाई अपशब्द भनेपछि लखेटिएका छन् । मिर्चैयाका स्थानीयवासीले आइतबार सदरमुकाम सिरहा पुगेर दबाबमुलक प्रदर्शन गरिरहेका बेला मेयर यादवले अश्लील गालीगलौज गरेपछि आन्दोलनकारी प्रतिकारमा उत्रिएपछि उनी भागेका हुन् । गाउँब्लकभित्रका करिब तीन दर्जन घर भत्काएको भन्दै स्थानीयवासीले करिब तीन महिनादेखि आन्दोलन गर्दै आएका छन् । घर भत्काइएकामध्ये […]
सर्लाहीमा तटबन्धको लागि खनेको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार २४ गते । सर्लाहीमा एकै परिवारका दुई दाजुभाईको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका –४ बस्ने नागेन्द्र महतोका छोराद्वय बर्ष १२ का प्रिन्स महतो र वर्ष १० का दिपु महतो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।शनिबार साँझ ५ बजे कसैलाई जानकारी नदिई घरबाट खेल्न निस्केका थिए […]
उपचारको क्रममा गोदाबरी हस्पिटलमा युवकको मृत्यु, पाँच लाखमा घटना थामथुम

सामाजिक फीड-जनकपुरधाम, असार १९ गते । जनकपुकरको गोदावरी हस्पिटल प्रा.लिमा उपचारको क्रममा एक युवकको मृत्यु भएको घटना पाँच लाख रुपैयामा मिलापत्र भएको छ । धनुषाको धनौजी गाउँपालिका लखौरीका ३२ वर्षीय पपु राउतको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले क्षतिपुर्ति माग गर्दै तोडफोडको प्रयास गरेका थिए । उपचारमा लापरवाही गर्दा मृत्यु भएको भन्दै आफन्तजनले हस्पिटलमा […]