Samajik Feed – News Portal from Nepal

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार

१३ औँ राष्ट्रिय कर दिवस २०८१ का अवसरमा जनकपुरधाममा विभिन्न चार उद्योग सम्मानित भएका छन् ।

जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा क्षीरेश्वर डिस्टिलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, नेपाल भेनियर उद्योग सर्लाही तथा सुनिता आयल सेन्टर सिन्धुलीलाई आन्तरिक राजस्व कार्यालयले सम्मान गरेको छ ।

आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख आनन्दकुमार गुप्ताले उद्योगी र व्यवसायीले आफ्नो आम्दानीबाट विनाअवरोध कर तिरेर असल नागरिकको पहिचान सावित गर्नुपर्नै बताए ।

मधेश प्रदेशका प्रमुख लेखा नियन्त्रक वीरेन्द्रकुमार मिश्रले सरकार र करदाता आपसी मित्रवत व्यवहारबाट कर संकलन गर्नुपर्ने बताए । जनकपुर भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेलले राज्यको कर छल्नु गलत काम भएकाले समयमा आफ्नो हिसाबकिताब गरेर कर दाखिला गर्नुपर्ने आग्रह गरेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष परमेश्वर साहले प्रत्येक वर्षको करका दरमा गर्ने बढोत्तरीले व्यवसायी तथा उद्योगी समस्यामा परेको गुनासोसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!