Samajik Feed – News Portal from Nepal

सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ

सामाजिक फीड- जनकपुरधाम, भदौ ३ गते । सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादव छन् । सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति दुबैजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा […]

जनकपुर-ढल्केवर सडक खण्डमा एक अपरिचित युवकको शव फेला

सामाजिक फीड-जनकपुरधाम, साउन ३२ गते । जनकपुर- ढल्केवर सडक खण्डमा एक युवक मृत फेला परेका छन् । धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित सडकमा अन्दाजी २२ वर्षीय अपरिचित युवकको शव फेला परेको हो । आज बिहान गाडीले ठक्कर लागेर टाउको फुटेर मृत्यु भएको जस्तो देखिने अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि […]

महोत्तरीमा ट्याक्टरले किचिएर एक जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन ३१ गते । महोत्तरीमा ट्याक्टरले किचिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ४ का ३५ वर्षीय कृष्णकुमार मिश्र छन् । बुधबार ज १ त ८१५३ नम्बरको ट्याक्टरबाट खेत जोतिरहेको बेला ट्याक्टर पल्टिदा उनको किचिएर मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । स्थानीयले उद्धार गर्ने […]

ल्यापट चोर्न मिर्चैया खानेपानी संस्थाका सुरक्षागार्डको हत्या, दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन २८ गते । साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । अभियुक्तहरूमा मिर्चैया नगरपालिका-७ का २२ वर्षीय रविन सदा र मिर्चैया-५ का २० वर्षीय दीपक सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका […]

सर्लाहीमा टाउको भेटिएका युवकको शरीर पनि फेला

सामाजिक फीड-जनकपुरधाम, साउन २८ गते । सर्लाहीको हरिवन स्थित खलनदेही खेलामा हत्या गरिएको अवस्थामा टाउको भेटिएका युवकको शरीरको भाग पनि फेला परेको छ । युवकको शरीर शनिवार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार मात्रै टाउको भेटिएका युवक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक […]

सप्तरीका पत्रकारहरु तेस्रो दिन गरे मौन जुलुस प्रदर्शन

सामाजिक फीड- जनकपुरधाम, साउन २७ गते । क्षमायाचना सहित सुचना फिर्ता गर्न माग गर्दै सप्तरीका पत्रकारहरुले आन्दोलन जारी राखेको छ । पत्रकार महासंघ सप्तरीको अगुवाईमा शनिबार (तेस्रो दिन) उनीहरूले निर्धारित कार्यक्रम अनुसार राजविराज नगरपरिक्रमा गर्दै मौन जुलुस प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार अनुमति बिना कार्यालय परिसर भित्र फोटो, भिडियो खिच्न नपाउने […]

धनुषामा झडप हुँदा दुईजना गम्भीर घाइते, तीन राउण्ड हवाई फायर

सामाजिक फीड-जनकपुरधाम, साउन २१ गते । धनुषामा विद्यालयमा भवन निर्माणको विषयलाई लिएर झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् । मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ कोल्हुवा स्थित वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयमा आइतबार झडप भएको हो । भवन निर्माण गुणस्तरहीन भइरहेको र खर्च पारदर्शी नभएको भन्दै आइतवार भएको दुई पक्षीय झडपमा स्थानीय ज्ञानेन्द्र यादव र […]

सर्लाहीको एक विद्यालयमा एक युवकको शव

सामाजिक फीड-जनकपुरधाम, साउन २१ गते । सर्लाहीको मलंगवा स्थित एक विद्यालयमा एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्ण देवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् । विद्यालय भवनको वरण्डामा आज विहान स्थानीयले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर मुचुल्का […]

महोत्तरीमा मावली आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन १४ गते । महोत्तरीमा मावली आएका दुई बालिकाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारतको विहार राज्यको जिल्ला सितामाढीं रामनगर पन पाखर ग्रामको रामभजन मलिक डोमको ५ वर्षीया छोरी अर्चना कुमारीको मृत्यु भएको हो । मावली […]

सर्लाहीमा अनुसन्धान अधिकृत मृत भेटिए

सामाजिक फीड-जकपुरधाम, साउन १० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् ।ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह मृत फेला परेका हुन् उनी फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । सोही स्थानमा […]