Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
२५ गते जनकपुरधाम

धनुषामा सोमबारदेखि धान खरिद प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेश प्रादेशिक कार्यालयले यस वर्ष ३२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको हो।

कार्यालय प्रमुख देवेन्द्र राईका अनुसार सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३,५८० रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ। किसानले स्थानीय तहका कृषि शाखाको सिफारिस र तोकिएका मापदण्ड पूरा गरेर ल्याएको धान चेकमार्फत भुक्तानी गरिने व्यवस्था गरिएको छ।

धान खरिद प्रक्रिया अघि बढाउन धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको जिल्ला प्राथमिक धान खरिद समितिको बैठकले निर्णय गरेको थियो।

यस वर्ष धनुषामा ४१ हजार ५६६ हेक्टर जमिनमा खेती गरिएको सोना मन्सुली धानबाट १ लाख ६६ हजार २६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको कार्यालयले जनाएको छ।

तर, बासमती धानको मूल्य निर्धारण नभएकाले यसको खरिद प्रक्रिया हाललाई सुरु नहुने जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!