Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
१८ गते जनकपुरधाम

मधेश प्रदेश सरकारले सीताराम विवाहपञ्चमी महोत्सव र बाराको गढी माई मेलालाई केन्द्रमा राखी प्रदेशस्तरीय विशेष सुरक्षा बैठक सम्पन्न गरेको छ।

सोमबार जनकपुरधाममा आयोजित बैठकमा विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि विभिन्न विषयमा छलफल भएको छ।

पाँच वर्षको अन्तरालमा बाराको गढी माईमा ठूलो धार्मिक मेला लाग्ने भएकाले यसपटक थप तयारी गरिएको छ। यस्तै, जनकपुरधाममा भारतको अयोध्याबाट सीताराम विवाहपञ्चमी महोत्सवमा करिब पाँच सय विशिष्ट व्यक्तिहरू सहित जन्ती आउने र लाखौं श्रद्धालुहरू सहभागी हुने अपेक्षा गरिएको छ।

गृह, सञ्चार तथा कानून मन्त्रालयका अनुसार, बैठकमा भक्तजन र आगन्तुकहरूको सुरक्षा, जोखिम क्षेत्रको पहिचान, भीड व्यवस्थापन, चोरी र दुर्घटना न्यूनीकरणका उपायलगायत विषयमा विस्तृत छलफल गरिएको छ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले मेला र महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय तथा प्रदेशका निकायहरूसँग समन्वय गरिने जानकारी दिएका छन्।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *