सामाजिक फीड-
२० गते जनकपुरधाम
सिराहा नगरपालिका–११ भलुवाहीका २१ वर्षीय निरज कामतको बुधबार साँझ अटोको ठक्करबाट मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन्। चोहर्वा-सिराहा सडक खण्डको भलुवाही चौकमा पैदल हिँडिरहेका कामतलाई स १ ह ७२४ नम्बरको अटोले ठक्कर दिएको थियो। घटनास्थलमै कामतको मृत्यु भएपछि आक्रोशित स्थानीयले बिहीबार बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।
स्थानीयले अटो चालकविरुद्ध कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्। प्रदर्शनका कारण सिराहा चोहर्वा सडक खण्डमा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानका अनुसार अटो चालकलाई पक्राउ गरिएको छ।
प्रहरीले स्थानीयसँग संवाद गर्दै सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ। घटनाले स्थानीय स्तरमा आक्रोश र ट्राफिक जामको स्थिति सिर्जना गरेको छ।