अस्पतालमा नवजात शिशु छोडेर आमा फरार
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/baby.1.1758801.jpg)
१२ पौष, जनकपुरधाम। सर्लाहीको अस्पतालमा नवजात शिशुलाई फालेर एक युवती फरार भएकी हुन्। भारतको बिहार राज्य जिल्ला सितामडी सोनवर्षा बस्ने २२ वर्षीया गर्भवती युुवती सोमबार दिउँसो करिब १ बजेको समयमा प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि आएकी थिइन। अस्पतालको ट्वाईलेटमा सुत्केरी भई छोरा पाई बच्चा त्यहि छाडी युवती भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। […]
मधेस प्रदेशमा जसपा र एमालेको आलोपालो सरकार बन्ने सम्भावना
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/madhesh_pradesh_sabha_nrsN0UaC73_P7s1kJvJ9z.jpg)
सामाजिकफिड-१२ पुस, जनकपुर । मधेश प्रदेशमा जसपा र एमालेको आलोपलो सरकार बन्ने सम्भावना बढेको छ। ५ दलीय कांग्रेसको गठबन्धन टुटेसँगै मधेस प्रदेशमा सरकार निर्माणको समिकरण फेरीएको छ। एमालेको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि मधेसमा सरकार गठनका लागि दलीय समीकरण फेरिएको हो। तत्कालीन सत्तारूढ गठन्धन र एमालेसहितको गठबन्धनसँग मधेसमा सरकार गठनका लागि […]
धनुषामा नयाँ प्रहरी प्रमुख (एसपी) हाजिर
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/FB_IMG_1672059069029-1024x768.jpg)
१२ पौष, जनकपुरधाम। धनुषामा नयाँ प्रहरी प्रमुख विश्वराज खड्का जिल्लामा हाजिर भएका हुन् । प्रहरी उपरीक्षक खड्कालाई प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्री, दिपक कुमार राय लगायत जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाण्डौबाट जिल्ला प्रहरी कार्यालय धनुषामा काज सरुवा भई आएका प्रहरी उपरीक्षक खड्का आज […]
बारामा १७ कठ्ठामा लगाइएको गाँजा नष्ट
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/Gaja-fadani.jpg)
१२ पौष, जनकपुरधाम। बाराको निजगढ नगरपालिका वडा नं १२ र १३ कुलियामा करिब १७ कठ्ठामा लगाइएको गाँजा फडानी गरिएको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाजा फडानी गरेका छन्। लुकीछिपी लागु औषध गाँजा लगाईएको छ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प, रनतपुरी तथा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको सुरक्षाकर्मीको टोली […]
३४ दिन पछि १५ वर्षीय किशोरको शव सेफ्टी ट्याङ्कीमा भेटियो
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/dead_20220723113331-1024x768.jpg)
११ पौष, जनकपुरधाम। वीरगञ्जमा हराएको ३४ दिन पश्चात एक किशोरको शव सेफ्टी ट्यांकीमा फेला पारिएको छ । वीरगञ्ज महानगरपालिका २५ सिर्सिया खल्वाटोलाका १५ वर्षीय निरज कुमार पासवानको शव आइतबार फेला परेका हुन् । मंसिर ५ गतेदेखि हराएका उनको शव गुरूकुल पन्ना इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा भेटिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी […]
रौतहटमा भारतीय घिउ बरामद
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/ghee_Gea44x0Nns.jpg)
११ पौष, जनकपुरधाम। सशस्त्र प्रहरीले रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमाबाट भारत अनिवार्य रूपमा आयातित भैँसीको घिउ बरामद गरेका छन्। आइतबार साँझ विशेष सूचनाको आधारमा ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेका छन् ।बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार […]
चिसोले कठ्यांग्रिएर एक पुरुषको मृत्युको आशंका
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/360_F_92192324_9ycYcfCtXONJGPXTXSFJNl2NtQ33iXei.jpg)
११ पौष, जनकपुरधाम। आज सोमबार बिहान सर्लाहीमा एकजना पुरुषको शव फेला परेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ स्थित बजारमा नामथर, वतन नखुलेको अन्दाजी ६०÷६५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन्। मागेर खाँदै हिँड्ने ती पुरुष स्थानीय रत्न श्रेष्ठको घरको पेटीमा सुतेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएका छन् ।जाडोले कठ्यांग्रिएर उनको […]
एसपी यादव माथि भ्रष्टाचारको मुद्दा
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/SP-Rameshwor-yadav.jpg)
०८ पौष, जनकपुरधाम। नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन। उनलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको हो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले एसपी यादवलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिएका हुन् । उनलाई विशेष अदालतको फैसला उल्टाउँदै ४ महिना कैद र ९७ […]
Nepal Tourism Board द्वारा मधेश प्रदेशमा “जीविकोपार्जन पुनरउत्थानका लागी दिगो पर्यटन परियोजना” नामकएक दिने गोष्ठीको आयोजना गरिएको छ।
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/WhatsApp-Image-2022-12-23-at-13.07.29-1024x461.jpeg)
०८ पुष, जनकपुरधाम। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानिमा कोभिड-१९ को संकटको कारणले रोजगार र आय आर्जनका अवसरहरू गुमाएका पर्यटन क्षेत्रका श्रमिक/मजदुरहरूले अल्पकालीन रोजगारीका अवसरहरु प्राप्त गर्ने र प्रमुख पर्यटकीय गन्तब्यस्थलहरूका पर्यटकीय सम्पदाहरुको सम्वर्द्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरुको लागि रोजगार र आय आर्जनका अवसरहरूमा बृद्धि गर्न […]
छोरीको शिक्षा बीमा गराउन मधेशमा सचेतना कार्यक्रम
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/girls_from_rautahat-1024x768.jpg)
०८ पौष, जनकपुरधाम। ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान’ अन्तर्गत बिहीबार महोत्तरी र धनुषा जिल्लाका दलित तथा सिमान्तकृत बस्तिहरुमा ‘छोरी शिक्षा बीमा जागरुक सचेतना कार्यक्रम’ गरिएको छ । सामाजिक विकास मन्त्रालय, युरोपियन युनियन र युनिसेफको साझेदारीमा ‘पहिलो चरण’ अन्तर्गत मधेस प्रदेशको आठवटै जिल्लामा सचेतनाका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै मधेस प्रदेश शिक्षा विकास […]