Samajik Feed – News Portal from Nepal


सामाजिक फीड

जनकपुरधाम, जेष्ठ ३ गते ।

सिरहामा खेतमा काम गर्न गएका एकजनाको हत्या भएको छ ।

अर्नमा गाउँपालिका २ ब्रहमपुरिका ५३ वर्षीय बुधराम महतोको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार मृतक महतो टोलका केही व्यक्ति सहित टयाक्टर लिएर खेतमा खर लोड गर्न पुगेका थिए ।

जमिन समबन्धी लामो सयमदेखि विवाद रहेका स्थानीय बचाई महतोले बुधरामको खेतमै आएर उनीमाथि कोदालो प्रहार गरेको सिरहाका एसपी रमेश पण्डितले बताए ।

उनका अनुसार दुबैजनाबीच खेतमा केहीबेर चर्काचर्की परेको थियो । त्यसै क्रममा विवाद बढेर बचाईले कोदालो प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना लगतै बचाई फरार भएको र उनको खोजीकार्य जारी रहेको एसपी पण्डितले बताए । अर्नमा गाउँपालिकास्थित रहेको विष्णुपुर चोकमा बुधराम ग्यास सिलिन्डर, बिउबिजन तथा कीटनाशक औषधीको पसल सञ्चालन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!