सामाजिक फीड
जनकपुरधाम, जेष्ठ ३ गते ।
जनकपुर-जयनगर रेलसेवा फेरि तीन दिनका लागि बन्द हुने भएको छ ।
भारतमा भइरहेको चुनावका लागि ३ दिन रेल सेवा बन्द हुन लागेको हो ।
भारतको बिहार राज्य जिल्ला मधुवनीको संसदीय क्षेत्रमा आगामी सोमबार मतदान हुँदै छ । उक्त निर्वाचनलाई मध्यनजर गरी शनिबारदेखि रेल बन्द हुन लागेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सूचना जारी गरी बताएका छन ।
शनिबारदेखि सोमबारसम्म ३ दिनको लागि भंगहा–जनकपुरधाम–जयनगर खण्डमा चल्ने रेल बन्द रहने सूचनामा उल्लेख छ ।
सोमबार मधुवनी संसदीय क्षेत्रमा मतदान हुने भएकाले नेपाल–भारत सीमा ७२ घण्टाको लागि बन्द हुने भएकाले रेल सेवा बन्द रहने र मंगलबारदेखि पुनः सञ्चालन हुने महाप्रबन्धक झाले बताए।
यसअघि मधुवनीकै झन्झारपुर संसदीय क्षेत्रमा मतदान भएको समयसमेत ३ दिनको लागि रेल सेवा बन्द गरिएको थियो।