Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, बैशाख ३१ गते ।

किसानले सिँचाईको लागि खेतमा लगाएको मोटर चारी गरेको आरोपमा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय श्याम सुन्दर सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पचरौता नगरपालिका वडा नं। ३ रामनगरबाट विभिन्न व्यक्तिहरूको पानी तान्ने मोटर उनले चोरी गरेको प्रहरीको भनाइ छ।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले सहनीलाई चार वटा पानी तान्ने मोटरसहित पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका सहनी विरुद्ध चोरी शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!