सामाजिक फीड-
जनकपुरधाम, वैशाख ३० गते ।
जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनक महतो र श्रवण कापर रहेको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको छ । दुवैजनाको साथबाट लुटेको ८० लाख मध्ये १४ लाख ५३ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।
गत वैशाख ४ गते दिउँसो १ बजेतिर जनकपुरधाम उपमहानगरपालिका १९ थुमौनामा धनुषाको सबैला १२ रघुनाथपुरका शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट ८० लाख लुटिएको थियो ।
जनकपुरको हिमालय बैंकबाट ८० लाख रकम निकालेर लगिरहेका बेला मोटरसाइकलमा आएका दुईजना हतियारधारीले लुटेर फरार भएका थिए ।