सामाजिक फीड
जनकपुरधाम , जेष्ठ १ गते ।
सिरहाको लहानमा बम पडकाएर लुटेराहरुले लुटपाट गरेका छन । लहान नगरपालिका १७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट गरिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
सोमबार राती ११ बजेर ४० मिनेटको समयमा आएका लुटेराहरुले ४ वटा घरमा लुटपाट गरेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक विष्णु सोकीले जानकारी दिए ।
लुटेराहरुले लुटपाट गर्दा प्रतिकार गर्ने क्रममा ६ जना घाइते समेत भएका छन ।
घाइते हुनेमा जिवी ठाकुर, निरसीदेवी ठाकुर, निरञ्जन यादव, देवनारायण साह, मनिलाल यादव र योगेन्द्रलाल यादव रहेको उनले बताए ।
लुटपाट भएको ठाउँमा सुतली बमको कनहरु देखिएको उनले बताए । लुटेराहरुले गरगहना, पैसा गरि करिब ५ लाख बराबरको लुटपाट गरेको तथा यस सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।