सामाजिक फीड-
जनकपुरधाम, वैशाख ३० गते ।
धनुषाबाट लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका २ का २३ वर्षीय दिपक महतो र २८ वर्षीय सुभाष परियार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिए ।
उनका अनुसार दुवै जनालाई शनिबार अपराहन्न साढे ४ बजेको समयमा पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ९ बडहडीबाट पक्राउ गरिएको हो । दुवै जनाको साथबाट ४।२ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुपदार्थ बरामद गरेको छ ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।