Samajik Feed – News Portal from Nepal

सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा चार युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन २ गते । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको आरोपमा चार युवक पक्राउ परेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी पक्राउ परेका हुन् । कार्यालयका […]

धनुषामा अवैध खोला उत्खनन गर्ने ६ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, असर ३० गते । धनुषामा अवैध खोला उत्खनन गर्ने ६ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।ईलका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले क्षिरेश्वरनाथ नगरपालिकाको औरही खोला र जलाद खोलामा अवैध रुपमा बालुवा उत्खनन गर्ने ६ वटा ट्रयाकटर नियन्त्रणमा लिएको हो । ज. १ त ८५०३, ना. ६ त ५६४३, ज.१ त ५१३२, […]

महोत्तरीमा जनमत पार्टीका नेता तथा कार्यकर्ताले धान रोपाइँमा गरे श्रमदान

महोत्तरी, २८ असार । महोत्तरीमा जनमत पार्टीका नेता तथा कार्यकर्ताले श्रमदान गरी धान रोपाइँमा सहयोग गरेका छन् । बिहीबार बिहान महोतरी गाउँपालिका-५ मा सार्वजनिक श्रमदानअन्तर्गत धान रोपाइँको कार्यक्रम गरिएको हो । धान रोप्ने मुख्य समयमा कृषि मजदुरको अभावका कारण रोपाइँ हुन नसकेपछि मधेशका एक मन्त्रीसहित जनमत पार्टीका नेता तथा कार्यकर्ताले श्रमदान गरेका हुन् । महोत्तरी […]

मिर्चैयाका मेयर यादवले महिला प्रदर्शनकारीलाई अपशब्द भनेपछि लखेटिए

सिरहा, २५ असार । सिरहाको मिर्चैयाका मेयर श्रवणकुमार यादवले आन्दोलनकारीलाई अपशब्द भनेपछि लखेटिएका छन् । मिर्चैयाका स्थानीयवासीले आइतबार सदरमुकाम सिरहा पुगेर दबाबमुलक प्रदर्शन गरिरहेका बेला मेयर यादवले अश्लील गालीगलौज गरेपछि आन्दोलनकारी प्रतिकारमा उत्रिएपछि उनी भागेका हुन् । गाउँब्लकभित्रका करिब तीन दर्जन घर भत्काएको भन्दै स्थानीयवासीले करिब तीन महिनादेखि आन्दोलन गर्दै आएका छन् । घर भत्काइएकामध्ये […]

सर्लाहीमा तटबन्धको लागि खनेको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार २४ गते । सर्लाहीमा एकै परिवारका दुई दाजुभाईको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका –४ बस्ने नागेन्द्र महतोका छोराद्वय बर्ष १२ का प्रिन्स महतो र वर्ष १० का दिपु महतो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।शनिबार साँझ ५ बजे कसैलाई जानकारी नदिई घरबाट खेल्न निस्केका थिए […]

उपचारको क्रममा गोदाबरी हस्पिटलमा युवकको मृत्यु, पाँच लाखमा घटना थामथुम

सामाजिक फीड-जनकपुरधाम, असार १९ गते । जनकपुकरको गोदावरी हस्पिटल प्रा.लिमा उपचारको क्रममा एक युवकको मृत्यु भएको घटना पाँच लाख रुपैयामा मिलापत्र भएको छ । धनुषाको धनौजी गाउँपालिका लखौरीका ३२ वर्षीय पपु राउतको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले क्षतिपुर्ति माग गर्दै तोडफोडको प्रयास गरेका थिए । उपचारमा लापरवाही गर्दा मृत्यु भएको भन्दै आफन्तजनले हस्पिटलमा […]

शिक्षा सुधारको माग गर्दै धनुषाको लक्ष्मीनियाँमा प्रदर्शन

धनुषा, १३ असार । धनुषाको लक्ष्मीनियाँस्थित श्री सोनामाई राष्ट्रिय प्राथमिक विद्यालय सोहनीको गुणस्तर सुधारको माग गर्दै प्रदर्शन भएको छ । बुधबार विद्यार्थी तथा स्थानीयवासीले विद्यालय अव्यवस्थित भएको भन्दै गाउँपालिकामा प्रदर्शन गरेका हुन् । उनीहरूले विद्यालयमा शिक्षकको अभाव रहेको र कक्षा कोठाहरू जीर्ण रहेको भन्दै तत्काल यसतर्फ ध्यान दिन स्थानीय सरकारसँग आग्रह गरेका छन् । सामुदायिक […]

महोत्तरीमा पुलबाट मोटरसाइकल खस्दा जनकपुरका एक युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम,असार १२ गते । जनकपुर- जलेश्वर सडक खण्डमा मोटरसाइकल पुलबाट खस्दा एक युवकको मृत्यु भएको । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने ३० वर्षीय मोटरसाइकल चालक दीपेश ढुङ्गेल रहेका छन् । ढुंगेलले चलाउँदै गरेको ज ८ प ६५३३ नम्बरको मोटरसाइकल आज मंगलबार बिहान जलेश्वर नगरपालिका ९ स्थित आगेपुरनजिक विगही पुलबाट करिब २० मिटर तल […]

धनुषमा चोरीको ट्याक्टरसहित एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार ८ गते ।धनुषबाट चोरीको ट्याक्टरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ५ बस्ने २६ वर्षीय धर्मेन्द्र कुमार साह रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलिले उनलाई बुधबार साँझ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी […]

धनुषामा सर्पले टोकेर एक बालिकाको मृत्यु

धनुषा, ७ असार । धनुषामा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेकी बालिकालाई बिहीबार बिहान ओछ्यानमै सर्पले टोकेको थियो । अभिभावकले तत्कालै उपचारका लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्रमा पुर्‍याएका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि […]

error: Content is protected !!