सामाजिक फीड-
जनकपुरधाम,पुस ६ गते ।
महोत्तरीमा डाकाको समूहले एकजनाको हत्या गरेको छ । महोत्तरीको मनवरासिसवा नगरपालिका वडा नम्बर ४ साढाका ७० वर्षीय सुशील झाको आज बिहान हत्या भएको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार हात मुक्काले प्रहार गरी झाको हत्या भएको देखिएको बताए ।
उनका अनुसार आज बिहान ४ बजेको समयमा ७÷८जनाको संख्यामा आएका लुटेरा समूहले झको हत्या गरेर घरमा लुटपाट गरेका हुन् ।
डाकाले घरमा रहेको मङ्गलसूत्र र औठी र नगद ८० हजार लुटेर लगेको डिएसपी जय सवारले जानकारी दिए।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झा पूर्व गाविस सचिव हुन् ।