धनुषामा परिवारमा झगडा हुँदा घरबाट निस्केका पुरुषको शव फेला

समाजिक फीड जनकपुरधाम, माघ २५ गते । धनुषाको सहिदनगरमा एक पुरुष मृत फेला परेका छन् । वडा नम्बर–७ स्थित चिरैयाका ५५ वर्षीय फुलगेन ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधवार पारिवारिक विवाद भएपछि दिउँसो उनी घरबाट निस्केका थिए । तर साँझसम्म घर नफर्केपछि उनको सोधखोज सुरु गरिएको थियो । साँझ सात […]
बारामा सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु

सामाजिक फीडजनकपुरधाम , माघ २४ गते । सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका-३ सतगंजमा बुधवार भएको कलैयाबाट सतगंजतर्फ जाँदै गरेको ना ३ ख ९९९० नम्बरको यात्रुबाहक बसबाट दुर्घटना भएको छ । आमासित ओर्लिने क्रममा कलैया उपमहानगपालिका(८ मदर्सा टोलका मुना साहकी छोरीको मृत्यु भएको कलैया अस्पतालले जनाएको छ । उपचार […]
रौतहटबाट ३ जना लागुऔषध कारोबारी पक्राउ

सामाजिक फीडजनकपुरधाम , माघ २४ गते । रौतहटबाट ३ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका १२ बथाने टोलका २२ वर्षीय राजन मोक्तान , सोही ठाउँका वर्ष २३ का सुजन मोक्तान र वर्ष २९ की असली माया बल रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा देवाही गोनाही नगरपालिका ८ गोनाही […]
सिरहाका एक किसानले रातो काउली फलाएपछि हेर्नेको भीड

रासस-सिरहा, माघ २४ गते । सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ । उनले भने “सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको थिएँ । स्वदेश […]
किसान आन्दोलनको समचार संकलन गर्न चिनी मिलमा पुगेका पत्रकारमाथि कुटपिट

सामाजिक फीड-जनकपुरधाम, माघ २३ गते । रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा एक पत्रकारमाथि निर्घात कुटपिट भएको छ । मंगलबार समचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन् । किसानले लगेको १०० क्विन्टल उँखुलाई उद्योगले ७० क्विन्टल देखाइदिएपछि आन्दोलनमा उत्रिएका किसानको समाचार संकलनमा पुगेको बेला सञ्चालक अजय […]
सर्लाही दुर्घटनामा घाइते नापी कार्यालयका सहयोगीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २३ गते । सर्लाही दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी विनोद घिमिरेको मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का बासिन्दा घिमिरेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति ८ बजे नापी कार्यालयका कर्मचारीहरू चढेको बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सर्लाहीको मलंगवा […]
मधेश प्रदेशमा सडक दुर्घटनामा ६ महिनामै २५५ जनाको ज्यान गयो

सामाजिक फीडजनकपुरधाम , माघ २२ गते । छ महिनामै मधेश प्रदेशमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका छन। चालु आर्थिक वर्ष २०८०र८१ को छ महिनामा साना तथा ठूला चार हजार चार सय ७७ सडक दुर्घटना भएको छ । जसमा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले […]
जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

रासस-जलेश्वर, माघ २१ गते । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् । जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताए। विसं १९१३ […]
आज बिहानैदेखि जनकपुर बजार बन्द

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । प्रहरी प्रशासनको विरोधमा जनकपुरधामका व्यवसायीहरूले आज दिउँसो २ बजेसम्मका लागि बजार बन्द गराएका छन् ।जनकपुरधाम उद्योग बाणिज्य संघको आह्वनमा आज बिहानैदेखि बजार, उद्योग र व्यवसाय बन्द छ । बिल बिजकबिना सुनको अबैध कारोबार गरेको भन्दै गत बुधबार धनुषा प्रहरीले जनकपुरधामका सुनचाँदी व्यावसायीहरू बलराम साह, अरूण ठाकुर तथा सिरहा मिर्चैयाका […]
सिरहाबाट लागूऔषधसहित दुई छोरा र बुबा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १९ गते । सिरहाबाट लागूऔषधसहित दुई छोरासहित बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. ७ का ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराद्वय वर्ष २९ का प्रमोद कुमार ठाकुर र वर्ष २५ का राकेश कुमार ठाकुर छन् । लागूऔषध कारोबार गरी राखेको गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर […]