Samajik Feed – News Portal from Nepal

जहाँ सरकार त्यहाँ भ्रष्टचार र बेथिति: प्रचण्ड

सामाजिक फीड-जनकपुरधाम, असार ३० गते। संसदमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् । उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा […]

मधेशमा उपसभामुखको संयोकत्वमा १४ सदस्य कार्यदल बनेपछि हट्यो सदनको अबरोध

सामाजिक फीड-जनकपुरधाम, असार २८ गते । मधेशमा बजेटमा भएको त्रुटि छानविन गर्न उपसभामुख वविता राउत इसरको संयोजकत्वमा १४ सदस्य समिति गठन भएको छ । सदस्यहरुमा सत्ता पक्षबाट काँग्रेसका तर्फबाट सांसद मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमतका तर्फबाट चन्दन सिंह, सम्भु साह रलोसपाकी रमिता प्रधान छन् । यस्तै विपक्षी दलहरुबाट जसपा […]

मधेश प्रदेशसभा बैठक छैटौंदिन स्थगित, सभामुखे कार्यदलको संयोजक पदबाट दिए राजिनामा

सामाजिक फीड-जनकपुरधाम, असार २८ गते । मधेश प्रदेशसभा बैठक शनिबार पनि स्थगित भएको छ। विपक्षी दलको अवरोधका कारण छैटौं दिनसम्म बैठक अघि बढ्न सकेन। बैठक सुरु भएपछि माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएका त्रुटि सच्याउन गठित कार्यदलप्रति असहमति जनाउँदै विरोध गरे। उनका अनुसार, मुख्यमन्त्री सतीशकुमार सिंहले दिएको प्रतिबद्धताअनुसार कार्यदल गठन नभएको र […]

समयमा नै बिहे गरेर सन्तान जन्माउन प्रधानमन्त्रीको आग्रह

जनकपुरधाम, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै […]

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

सामाजिक फीड-जनकपुरधाम, असार २६ गते । मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । बातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको […]

मन्त्रीलाई कार्यदलमा राखेपछि विवाद

सामाजिक फीड-जनकपुरधाम, असार २६ गते । मधेशमा बजेटमा बिचौलियाको प्रवेश र संशोधन बारे गठन भएको कार्यदलमा मन्त्रीलाई नै राखेपछि बैठक विना निष्कर्श सकिएको छ । बजेटमा भएको त्रुटि छानविन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेशसभाले सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा ६ सदस्य कार्यदल गठन गरेको थियो । आज सदनमा सभामुख मण्डलले सदनलाई जानकारी दिएका थिए । […]

त्रिविको वार्षिक साधारणसभा सम्पन्न, ८९ हजार बढी दिक्षित हुने

जनकपुरधाम २६ असार – त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो ।  […]

हँसपुर नगरपालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखसहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड, जनकपुरधाम — धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, उपप्रमुख रेणु देवी झाला लगायत ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, मुद्दा सोमबार दायर गरिएको हो। उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना गरी […]

मधेशमा पानी संकट: सांसद हजारा द्वारा संसदमा दीर्घकालीन समाधानको माग

सामाजिक फीड, जनकपुरधाम – म यो सदनमार्फत ध्यानाकर्षण गराउन चाहन्छु कि हाल मधेश प्रदेशका पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरूमा खानेपानीको गम्भीर समस्या देखिएको छ। विशेषगरी २०७२ को भूकम्पपछि भूमिगत पानीको सतह अत्यधिक तल झरेको छ, जसका कारण अहिले स्थानीयवासीहरूलाई दैनिक रुपमा पानी लिन निकै कठिनाइ भएको छ। मैले विगतमा तीन पटकसम्म खानेपानी तथा सरसफाइ मन्त्रीहरू […]

आफैले ल्याएको बजेटले सतिश सिंह सरकार धरापमा

सामाजिक फीड-जनकपुरधाम, असार १२ गते । आफै ल्याएको बजेटले जनमत नेतृत्वको सरकार धरापमा पर्ने देखिएको छ । आफ्नै नेतृत्वको मधेश सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम अनुसार नआएकोले सन्तोषजनक नरहेको जनमतले निष्कर्ष निकालेको छ । आज बसेको जनमत संसदीय दलको बैठकले सरकारले ल्याएको बजेट त्रुटिपूर्ण रहेकोले सरकारबाले आधिकारिक निर्णय गर्ने जिम्मा पार्टीको केन्द्रीय सचिवालयलाई दिने […]