Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ २४ गते ।

आन्दोलन अनियन्त्रित भएपछि संघीय सरकारका मन्त्रीहरु तर्सिएका छन ।

प्रधानमन्त्री निवास सहितका विभिन्न पार्टी कार्यालय र नेताहरुको निवासमा आगजनी भएपछि उनीहरुको भागाभाग भएको छ ।

आफ्नो निवासमा असुरक्षित रहेको भन्दै मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मंगलबार दिउँसो उनीहरूलाई अन्य सुरक्षित स्थानमा लगिएको सुरक्षा निकायले पुष्टि गरेको छ।

सुरक्षा निकायका एक उच्च स्रोतले भने “मन्त्रीहरूलाई काठमाडौं उपत्यकाभित्रै सुरक्षित स्थानमा राखिएको छ।”

नेपाली सेनाको हेलिकप्टरमार्फत मन्त्रीहरूलाई स्थानान्तरण गरिएको हो। जनकपुर सहित देशभर चर्किएको जेनजी आन्दोलनका क्रममा काठमाडौं र इटहरीमा मात्र १९ जनाको ज्यान गइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *