समाजिक फीड-
जनकपुरधाम, भदौ २४ गते ।
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिने तयारी गरेका छन् ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको निर्देशनमा उनले राजीनामा दिने तयारी गरेका हुन ।
केहीबेरपछि उनले राजीनामा दिने स्रोतले जनाएको छ ।
सरकार विरुद्ध प्रदर्शन गरिरहेका युवाहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित मधेश भवनका विभिन्न ठाउँमा तोडफोड एवं आगजनी गरेका छन ।
मधेश प्रदेशमा जनमतका नेता सिंहको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस र लोसपाको संयुक्त सरकार छ ।