Samajik Feed – News Portal from Nepal

धनुषमा अवैध खोला उत्खननमा प्रयोग गरिएका ३ ट्याक्टर नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, साउन ५ गते । धनुषामा अबैध खोला उत्खननमा प्रयोग गरिएका ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ कमला खोलामा अबैधरुपमा उत्खनन् कार्यमा संलग्न तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट संयुक्त रुपमा खटिएको […]

जनकपुरको सुरक्षा अस्पतालमा ताला लगाइयो, उठ्यो महिलाको लास

सामाजिक फीड-जनकपुरधाम, साउन ५ गते । जनकपुरको सुरक्षा अस्पतालमा एक महिलाको मृत्युपछि तालाबन्दी गरिएको छ । आज दिउँसो जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साहको उपचारको क्रममा मृत्यु भएपछि चिकित्सकहरु फरार भएका थिए । त्यसपछि आफन्तजनले निरन्त पाँच घण्टा लास गेटमा राखेर प्रदर्शन गरेका थिए । त्यस अस्पतालमा रहेका अन्य बिरामीलाई अन्यत्र सारेर ताला […]

एक ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

सामाजिक फीड-दाङ, साउन ५ गते । दाङमा एक वृद्धामाथि सामूहिक बलात्कार भएको छ। ७३ वर्षौया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ युवकलाई पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लका अनुसार बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार गरिएको हो।  […]

बिडी नदिएको झोकमा मागि खाने व्यक्तिको हत्या, युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन ४ गते सप्तरीमा एक युवकले किडी नदिएको झोकमा मागिखाने व्यक्ति हत्या गरेको खुलेको छ ।सप्तरी कंचनरुप नगरपालिका ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागि खने अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव फेला परेको थियो । उनको हत्या बिडी नदिएको झोकमा एक युवकले गरेको खुलेको हो […]

जनमतबाट शिवचन्द्र कुशवाहा साधारण सदस्यसमेत नरहने गरी निलम्बित

सामाजिक फीड-जनकपुरधाम, साउन ४ गते । जनमत पार्टीले बारा क्षेत्र नं. २ म उपचुनाव लडेका पूर्वसांसद शिवचन्द्र कुशवाहासहित ५ जना नेतालाई निलम्बन गरेको छ ।बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले जनमत पार्टीको निति निर्देश र विधान विपरित ढंगले अनुशासनहीनता प्रदर्शन गरेको भन्दै उनीहरूलाई कारवाही गरेको हो । जनमतका उपाध्यक्ष तथा समिति प्रमुख दीपककुमार साहका अनुसार […]

सय किलो सुन बरामद प्रकरणमा ६ जना पक्राउ

रासस-काठमाडौं, साउन ४ गते । राजस्व अनुसन्धान विभागले झण्डै सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। पक्राउ परेकाको पहिचान खुलाइएको छैन। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको […]

मधेश प्रदेशको पर्यटन विकास कार्यालयका इन्जिनियरमाथि कुटपिट

सामाजिक फीड-जनकपुरधाम, साउन ३ गते । मधेश प्रदेशको जनकपुरधाम स्थित पर्यटन विकास कार्यालयका ईन्जिनियर मो. युनिस राईन कुटिएका छन् । कमिसन नदिँदा सम्पन्न योजनाको भुक्तानी रोकेको भन्दै कार्यालयमै निर्माण व्यवसायीहरुले हातपात तथा दुव्र्यबहार गरेको प्रत्यक्षदर्शी सेवाग्राही रामकेवल यादवले बताए । ईन्जिनियरमाथि दुई-तीन झापड प्रहार भएको यादवको भनाइ छ । उनीमाथि दुव्र्यबहार भएको भिडियोमा देखिन्छ । […]

राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा थप एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन २ गते । धनुषाको रमदैयाभवाडी स्थित राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा थप एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ६ कुचाई टोलका २३ वर्षीय मो.नसिव छन् । १४ फागुनमा मन्दिरबाट गरगहनासहित रुपैयाँपैसा चोरी भएको थियो । उनीविरु धनुषा जिल्ला अदालतमा डाँका, हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दामा चलिरहेको छ […]

सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा चार युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन २ गते । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको आरोपमा चार युवक पक्राउ परेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी पक्राउ परेका हुन् । कार्यालयका […]

मधेश प्रदेशका तीनसहित २१ जिल्लामा ट्राफिक नियमको अभिलेख प्रणाली सुरु

रासस-काठमाडौं, साउन २ गते । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरे नगरेको बारे जानकारी राख्ने तथा जरिवानासमेत बैङ्किङ प्रणालीमा जोड्ने प्रणाली जिल्लामा समेत विस्तार गरेको छ । आजदेखि सात प्रदेशका २१ जिल्लामा उक्त प्रणाली लागू भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उक्त प्रणालीलाई ‘ट्राफिक भ्यालुलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ भनिएको छ । नयाँ आर्थिक वर्ष […]