सामाजिक फीड-
जनकपुरधाम, साउन ५ गते ।
धनुषामा अबैध खोला उत्खननमा प्रयोग गरिएका ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ कमला खोलामा अबैधरुपमा उत्खनन् कार्यमा संलग्न तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले प्र २–०१–००१ त १५७६, प्र २–०२–००१ त ११५७ र अनटेस्ट ट्याक्टर नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।