सामाजिक फीड-
जनकपुरधाम, साउन ४ गते
सप्तरीमा एक युवकले किडी नदिएको झोकमा मागिखाने व्यक्ति हत्या गरेको खुलेको छ ।
सप्तरी कंचनरुप नगरपालिका ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागि खने अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव फेला परेको थियो ।
उनको हत्या बिडी नदिएको झोकमा एक युवकले गरेको खुलेको हो ।
उनको हत्यामा कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी दीपक रायले जानकारी दिए । मनोजलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
डिएसपी रायका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिडी खाई रहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए । तर मागिखाने व्यक्तिले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा राहेको बांसको लाठीले उनको टाउँकोमा चार/ पांच लाठी प्रहार गरि भागेको मनोजले बयान दिएको डिएसपी रायले बताए ।
मनोजमाथि कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कार्बाही गर्ने सप्तरी प्रहरीले जनाएको छ ।