सामाजिक फीड-
जनकपुरधाम, साउन २ गते ।
सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको आरोपमा चार युवक पक्राउ परेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी पक्राउ परेका हुन् ।
कार्यालयका प्रमुख डिएसपी दीपक रायका अनुसार गत शुक्रबार राति घरमै पसेर चारैजनाले किशोरीलाई कोही नबस्ने छेउको घरमा लगेर सामूहिक बलात्कार गरेको बयान दिएका छन् । आइतबार परिवारले किटानी जाहेरी दिएको आधारमा हिजो नै तीनजना र आज एकजना गरी चारैजनालाई नियन्त्रणमा लिएको डिएसपी रायले जानकारी दिए ।
उनका अनुसार यस घटनका मुख्य योजनाकार पक्राउ परेका कैलाश पोखरेल हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।