सामाजिक फीड-
जनकपुरधाम, साउन ५ गते ।
जनकपुरको सुरक्षा अस्पतालमा एक महिलाको मृत्युपछि तालाबन्दी गरिएको छ । आज दिउँसो जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साहको उपचारको क्रममा मृत्यु भएपछि चिकित्सकहरु फरार भएका थिए । त्यसपछि आफन्तजनले निरन्त पाँच घण्टा लास गेटमा राखेर प्रदर्शन गरेका थिए । त्यस अस्पतालमा रहेका अन्य बिरामीलाई अन्यत्र सारेर ताला लगाइएको हो ।
राति साढे ८ बजेतिर मृतक महिलाको लास पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठे घरमा घाउँ भएपछि गत बुधबार दिउँसो शल्यक्रिायका लागि सोनिया अस्पताल भर्ना भएकी थिइन् । आज दिउँसो ३ बजे उनको मृत्यु भएको हो ।
बुधबार शल्यक्रिया गरिएको थियो । आज दिउँसो २ बजेतिर शौचालय गएको बेला सोनिया अचानक बेहोस भएकी थिइन् । फस्नबाट जोगिन चिकत्सक र स्वास्थ्यकर्मीले आफन्तलाई केही नभनी एम्बुलेन्समा राखेर अन्यत्र लग्न खोजेका थिए । आफन्तजनले रोक्न खोजेका थिए । तर लग्न जवरजस्ती गरेपछि कराएर मान्छे बेलाएको भाई उदय साहले सुनाए ।
यो हस्पिछल डा.सरोज ठाकुरले संचालन गरेका हुन् । अस्पतालमा महिलाको मृत्यु पश्चात आफन्तजनले लास गेटमै राखेर प्रदर्शन गरेका थिए । अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । क्षति हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । चिकित्सकहरु भागेपछि अन्य बिरामीहरुलाई अन्यत्र हस्पिटलमा सारिएर ताला लगाइएको हो ।