सामाजिक फीड-
जनकपुरधाम, साउन ३ गते ।
मधेश प्रदेशको जनकपुरधाम स्थित पर्यटन विकास कार्यालयका ईन्जिनियर मो. युनिस राईन कुटिएका छन् । कमिसन नदिँदा सम्पन्न योजनाको भुक्तानी रोकेको भन्दै कार्यालयमै निर्माण व्यवसायीहरुले हातपात तथा दुव्र्यबहार गरेको प्रत्यक्षदर्शी सेवाग्राही रामकेवल यादवले बताए ।
ईन्जिनियरमाथि दुई-तीन झापड प्रहार भएको यादवको भनाइ छ । उनीमाथि दुव्र्यबहार भएको भिडियोमा देखिन्छ । एक सेवाग्राहीले उनको खल्तीमा हात हालेर जवर्जस्ती कागजात खोस्ने बेला इन्जिनियर चिच्याउँछन् । ‘कमिसको लागि फाइल रोके । भन्नु पथ्र्यो नि कमिसन चाहियो भनेर’ कार्यालयमै उनलाई घेरेर बसेका सेवाग्राहीले भने ।
कागजात खोसेका सेवाग्राही भन्छन् ‘हेर्नुस् कमिसन लिएको बैंकका भौचारहरु’ त्यसपछि फेरि इन्जिनियर राईनलाई पाखुरा समातेर भन्छन् ‘कमिसनको कारणले यिनले फाइल रोके । तिमी चेक ल्याउ नभए एसपी अफिस् हिड् ।’
इन्जिनियर डराउँदै भन्छन् ‘यो अफिसको काम हो, अफिसमा छलफल गर्नुस् ।’
कार्यालयमै लेखाअधिकृत नविन झामाथि हातपातको प्रयास भएको छ । उनले पनि कमिसनको कारण भुक्तानी रोकेको भन्दै केही सेवाग्राहीले हतकेलाले घाँटी समातेका थिए । तर केही सेवाग्राही रोकेपछि भने हातपात नभएको प्रत्यक्षदर्शी बताए ।
हातपात तथा दुव्र्यबहार घटन नभएको कार्यालयका प्रमुख मिन भट्टराईले दावी गरे । तर, दुव्र्यबहार घटनाको भिडियो नै छ भन्ने जिज्ञासामा उनले आफू माथि कार्यकक्षमा भएकाले थाहा नपाएको बताए ।
लेखाअधिकृत झाले भने कार्यालयमा सेवाग्राहीले हातपातको प्रयास गरेको स्वीकारे ।