धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत १३ गते । धनुषामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान उनले ज१च ३४३७ ट्याक्टर चलाएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको […]
जनकपुरधामसहित मिथिलाञ्चलमा आज चैती छठ पर्व मनाइँदै

सामाजिक फिड-जनकपुरधा, चैत १३ गते । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठपर्व मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ । भोली बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न हुनेछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ ।खरनाको अवसरमा ब्रतालुहरुले […]
बेलुका बाटोमा सिधा भएर हिँड्न नसक्ने एमाले हुन सक्दैन : ओली

रासस-काठमाडौं, चैत १२ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरूट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘बेलुका बाटोमा सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर […]
धनुषामा दुई ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत ११ गते । धनुषामा दुई ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जादैँगरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–००१ ख ९२९२ नं.को ट्रक एकआपसमा शनिबार बिहान ठोकिएको हो । दुर्घटनामा ना ६ ख ६५७८ को […]
धनुषामा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत १० गते । बालिका बलात्कार गरेको आरोपमा धनुषाबाट एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा३५ वर्षीय शिक्षक दीपेन्द्र यादव छन् । सबैला नगरपालिका–३ स्थित सनराइज बोर्डिङ्ग स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक यादवले जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । बलात्कारको आरोप लागेपछि शिक्षक यादव पक्राउ […]
बाघको आक्रमणबाट महतो गम्भीर घाइते

सामाजिक फिड-जनकपुरधाम, चैत १० गते । पर्सामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वासुगौली गाउँपालिका २ का सुदामा महतो छन् । दाउरा लिन जंगलमा गएको बेला महतोलाई बाघले आक्रमण गरेको हो । महतोको घाँटीमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते महतोको वीरगञ्जस्थित नारायणी अस्पतालमा […]
क्रिकेट खेलाडी आसिफलाई मधेश सरकारले दुई लाख नगद दिने

सामाजिक फिड– जनकपुरधाम, चैत १० गते । मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ ।बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने […]
प्रादेशिक अस्पतालका निर्देशक यादवमाथि कारबाही, पदमुक्त गरियो

सामाजिक फिड-जनकपुरधा, चैत ९ गते । प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. प्रमोद यादवलाई पदमुक्त गरिएको छ । अस्पतालको ल्याबमा गलत रिपोर्ट दिएको पाइएपछि उनलाई समाजिक विकास मन्त्रालयले बिहीबार पदमुक्त गरेको हो । निर्देशक यादवलाई पदमुक्त गर्न केहीदिन अघि मुख्यमन्त्री सरोजकुमार यादवले समाजिक विकास मन्त्री सुरिता साहलाई निर्देशन एिका थिए । केही संचार माध्यममा ल्याबले गलत […]
पंकज चौधरीलाई धरौटीमा जेलमुक्त गर्न उच्च अदालतको आदेश

सामाजिक फिड-जनकपुरधाम, चैत ९ गते । उच्च अदालत जनकपुरले डा.पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । राजिष्टार खडगराज अधिकारीका अनुसार बिहीबार इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो । दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको […]
५० हजार घुससहित जनकपुरका वडाध्यक्ष र वडा सचिव रंगेहात पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत ९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष र वडा सचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित रंगेहात पक्राउ परेका हुन् । बुधबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ स्थित रामजानकी अस्पताल […]