Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत ९ गते ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष र वडा सचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित रंगेहात पक्राउ परेका हुन् ।

बुधबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ स्थित रामजानकी अस्पताल नजिकबाट दुबैजनालाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

वडाध्यक्ष चौधरी र वडासचिव रायले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेको प्रवक्ता दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *