सामाजिक फिड-
जनकपुरधाम, चैत १० गते ।
बालिका बलात्कार गरेको आरोपमा धनुषाबाट एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा
३५ वर्षीय शिक्षक दीपेन्द्र यादव छन् ।
सबैला नगरपालिका–३ स्थित सनराइज बोर्डिङ्ग स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक यादवले जबर्जस्ती करणी गरेको पीडितको आरोप छ ।
बलात्कारको आरोप लागेपछि शिक्षक यादव पक्राउ परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।
उनले शिक्षक यादवलाई सिरहाको बन्दीपुरबाट पक्राउ गरिएको बताए