सामाजिक फिड-
जनकपुरधा, चैत ९ गते ।
प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. प्रमोद यादवलाई पदमुक्त गरिएको छ । अस्पतालको ल्याबमा गलत रिपोर्ट दिएको पाइएपछि उनलाई समाजिक विकास मन्त्रालयले बिहीबार पदमुक्त गरेको हो ।
निर्देशक यादवलाई पदमुक्त गर्न केहीदिन अघि मुख्यमन्त्री सरोजकुमार यादवले समाजिक विकास मन्त्री सुरिता साहलाई निर्देशन एिका थिए । केही संचार माध्यममा ल्याबले गलत रिपोर्ट दिएको समाचार सार्वजनिक गरेपछि मुख्यमन्त्री यादवले अस्पतालको अकास्मिक छड्के अनुगमन गरेका थिए । त्यसै क्रममा उनले निर्देशकलाई पदमुक्त गरी गलत रिपोर्ट दिनेहरुलाई कारबाही गर्न निर्देशन दिएका थिए ।
पदमुक्त गरी उनलाई मन्त्रालय तानिएको मुख्यमन्त्रीका प्रेस संयोजक सीताराम अग्रहरीले जानकारी दिए ।