आज देखि मतदाता नामावली संकलन सुरु

सामाजिक फीड-जनकपुरधाम, चैत २२ गते । आजदेखी मतदाता नामावली संकलन सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि पुनः सुरु भएको छ ।गत मंसिर ६ गतेदेखि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै नामावली संकलन कार्य स्थगिथ गरेको थियो । निर्वाचन सम्पन्न भएपछि आयोगको यही चैत १८ को बैठकले मतदाता […]
रौतहटको मालपोत कार्यालयबाट चार बिचौलिया पक्राउ, सेवाग्राहीबाट रकम असुलीमा संलग्न

सामाजिक फीड-जनकपुरधाम, चैत २० गते । रौतहटको गौरस्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट प्रहरीले चार जना बिचौलियालाई पक्राउ गरेको छ। सरकारले मालपोत कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्न निर्देशन दिएपछि आज प्रहरी टोली कार्यालयमा पुगेको थियो। सो क्रममा सेवाग्राहीसँग रकम लिएर काम गराइदिने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसाद […]
गृहमन्त्री सुधन गुरुङले भेटे जेनजी आन्दोलनका घाइते

सामाजिक फीड-जनकपुरधाम, चैत २० गते । गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था बुझ्न सिनामंगलस्थित केएमसी अस्पताल पुगेका छन्। बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के निरीक्षण सकेलगत्तै मन्त्री गुरुङ अस्पताल पुगेका थिए। अस्पतालमा उपचाररत घाइतेसँग भेट गर्दै मन्त्री गुरुङले उनीहरूको स्वास्थ्यबारे जानकारी लिएका थिए। यस क्रममा उनले आन्दोलनका घाइतेलाई निस्शुल्क उपचार सेवा उपलब्ध […]
डिपी अर्यालले सभामुखमा दर्ता गराए मनोनयन

सामाजिक फीड-जनकपुरधाम, चैत २० गते । प्रतिनिधिसभा सदस्यको सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । शुक्रबार उनले सिंहदरबारमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ । फाएजा फहमीदाफाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।
धनुषाबाट ४० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २० गते । धनुषाको लालगढबाट ४० हजार घुस सहित सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाटै पक्राउ गरेको हो । अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका […]
जनकपुरको मोनास्टिक स्कुलले सचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व अटिजम दिवस मनायो

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । जनकपुरधामस्थित मोनास्टिक आवासीय माध्यमिक विद्यालयले विशेष सचेतनामूलक कार्यक्रम आयोजना गगरी विश्व अटिजम सचेतना दिवस मनाएको छ । विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई अटिजम अर्थात् मस्तिष्क विकाससँग सम्बन्धित अवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको हो । कार्यक्रममा वक्ताहरूले अटिजम भएका व्यक्तिहरूको सोच्ने, बुझ्ने र अभिव्यक्त गर्ने तरिका सामान्यभन्दा फरक […]
सरकारी विज्ञापन अब निजी सञ्चारमाध्यममा गर्न नपाइने

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । संघ सरकारले अब तीनै तहका सरकारका विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन र प्रसारण गर्न रोक लगाइने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस निर्णयको जानकारी मन्त्रालय, आयोग, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै दिएको हो। झयो कदम मितव्ययिता कायम राख्न, विज्ञापन तथा सूचना प्रकाशनरप्रसारणमा पारदर्शिता […]
मधेस प्रदेशमा अनुदान छानबिन प्रतिवेदन जल्यो, कारबाही प्रक्रिया अन्योलमा

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । मधेस प्रदेश सरकारले स्थानीय तहलाई वितरण गरेको सशर्त तथा विशेष अनुदानमा भएको भनिएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन नष्ट भएपछि कारबाही प्रक्रिया अन्योलमा परेको छ। जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री कार्यालयमा आगजनी हुँदा उक्त प्रतिवेदन जलेर नष्ट भएको बताइएको छ। आर्थिक वर्ष २०७९/०८० मा सशर्त अनुदान र रकमान्तर प्रक्रियामा अनियमितता भएको आरोपपछि प्रदेश सरकारले […]
जनकपुर सहित देशभर आजदेखि एसईई सुरु

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । आजदेखि जनकपुर सहित देशभर माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परिक्षा सुरु भएको छ। पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइएका छन । मधेस प्रदेशमा यस वर्षदेखि परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई मोबाइल फोन प्रयोग गर्न दिइएको छैन। साथै परीक्षामा सहभागी विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई चिट, गाइड, किताब, नोटबुक, मोबाइल फोन […]
सर्लाहीमा दिदीबहिनीको शव रुखमा झुन्डिएको अवस्थामा भेट्यो

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । सर्लाहीमा दुईजना दिदिबहिनी मृत फेला परेकी छन् । गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी अन्दाजी १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी अन्दाजी १७ वर्षीया छोरी नगिना कुमारी दास मृत अवस्थामा फेला परेका हुन् […]