बिल बिनाको सुन चाँदी लगायतको बहुमूल्य सामान खरिद बिक्रि नगर्न प्रहरीको अनुरोध

समाजिक फीडजनकपुरधाम, असोज ८ गते । मधेस प्रदेश जनकपुर प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सर्वसाधारणलाई बिना बिल-बिजक सुनचाँदीका गहना वा अन्य कुनै पनि सामग्री किनबेच नगर्न आग्रह गरेको छ। प्रहरीका अनुसार भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलनको क्रममा विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाट भएका घटनामा संलग्न व्यक्तिहरूले चोरी गरिएका सामानहरू बजारमा […]
जनकपुरमै पहिलोपटक कम्युनिटी कलेजले ल्यायो BSW कार्यक्रम

समाजिक फीडजनकपुरधाम, असोज ८ गते । जनकपुरमै पहिलो पटक जनकपुर कम्युनिटी कलेजले काठमाण्डौ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहको समाजकार्य (बिएसडब्लु) कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमले जनकपुरधाममा अध्ययनरत विद्यार्थी, स्थानीय समुदाय र सामाजिक क्षेत्रमा सक्रिय पेशेवरहरूका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। बिएसडब्लु मार्फत विद्यार्थीहरूले समाजशास्त्र, मानव व्यवहार, सामुदायिक विकास, सामाजिक अनुसन्धान […]
मधेस सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

समाजिक फीडजनकपुरधाम, असोज ८ गते । मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेसले सत्ता साझेदारीबाट बाहिरिने निर्णय गरेको छ । बुधबार प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने र समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । संसदीय दलका नेता तथा प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवले अब कांग्रेसले सरकारलाई समर्थन नगर्ने स्पष्ट […]
सप्तरीमा टोलको सुरक्षा गर्न मुस्लिम महिलाहरू रातभर गस्तीमा

समाजिक फीडजनकपुरधाम, असोज ८ गते । राजविराज नगरपालिका–४ का मुस्लिम महिलाहरू विगत पाँच दिनदेखि टोलको सुरक्षाका लागि रातभर गस्ती गर्न थालेका छन्। जेनजी आन्दोलनपछि टोल असुरक्षित भएको महसुस गरेपछि उनीहरूले राति १२ बजेपछि अपरिचित व्यक्तिहरू मोटरसाइकलमा आइरहने देखेपछि महिलाहरू आफैं सुरक्षा व्यवस्थापनमा खटिएका हुन्। “हाम्रो टोलका अधिकांश पुरुषहरू वैदेशिक रोजगारीमा छन्। पुरुष नभएपछि घर र […]
जनकपुरधाम उपमहानगरका उपमेयर र कर्मचारीबीचको विवाद उत्कर्षमा, मुद्दामा जाने तयारी

समाजिक फीडजनकपुरधाम, असोज ८ गते । जनकपुरधाम उपमहानगरपालिकामा उपमेयर किशोरी साह र कर्मचारीबीचको विवादले कार्यालयको कामकाज नराम्ररी प्रभावित बनेको छ।सोमबार घटस्थापनाको दिन प्रत्येक वर्ष झैं उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो । सो यात्राबाट फर्केर आएका महिला कर्मचारीसहित उपमहानगरपालिकका अन्य कर्मचारीहरु पालिका प्राङ्गनमा निर्माण गरिएको टेन्टमुनि आराम गरिरहेको बेला उपमेयर साहले आएर आफूलाई सम्मान नगरेको, आफ्नो […]
सांसदसहित राजनीतिक पदाधिकारीहरूको स्वकीय सचिवको सुविधा खारेज

समाजिक फीडजनकपुरधाम, असोज ८ गते । अन्तरिम सरकारले सांसदसहित राजनीतिक पदाधिकारीहरूलाई उपलब्ध हुँदै आएको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ।खर्च कटौतीका लागि ल्याइएको १२ बुँदे योजनाअन्तर्गत सरकारले स्वकीय सचिवको सुविधा हटाएको हो। प्रतिनिधि सभा विघटन भइसके पनि राष्ट्रिय सभा र प्रदेश सभा भने अझै यथावत् रहेका छन्।फागुन २१ गते हुने निर्वाचनको खर्च व्यवस्थापनको […]
अख्तियारले भन्यो-डा. संगीताबारे मिडियामा आएको कुरा गलत हो, कहाँबाट यस्तो कुरा जन्मियो थाहा छैन

समाजिक फीडजनकपुरधाम, असोज ७ गते । डा. संगीता मिश्र विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अनियमितताको मुद्दा अनुसन्धानको अन्तिम चरणमा रहेको भनी फैलाइएको हल्ला निराधार रहेको आयोगले स्पष्ट पारेको छ । विभिन्न संचारमाध्यममा उनी विरुद्ध मुद्दा दर्ता हुने लगायतका आधार दावी गरिएको समाचारहरुमा कुनै सत्यता नरहेको आयोगका केन्द्रिय प्रवक्ता राजेन्द्र कुमार पौडेल समाजिक फिडलाई बताएका […]
सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

समाजिक फीडजनकपुरधाम, असोज ७ गते । सप्तरीको सुरुङ्गा नगरपालिका–२, हर्दियास्थित एक पोखरीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी रहेका छन्। दुवै बालिका नुहाउने क्रममा पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ९प्रनाउ० जितेन्द्रकुमार बस्नेतले […]
जेनजी आन्दोलनमा जलेकी पर्साकी महिलाको मृत्यु

समाजिक फीडजनकपुरधाम, असोज ७ गते । जेनजी आन्दोलनका क्रममा वीरगन्जमा भएको प्रदर्शनको बीच घाइते भएकी एक महिलाको मृत्यु छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा लगाइएका आगोबाट घाइते भएकी महिलाको क्रममा मृत्यु भएको हो ।पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ निवासी ४५ वर्षीया शोशिला देवी हजराको सोमबार काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको पर्सा […]
प्रतितोला २ लाख २१ हजार नाघ्यो सुनको भाउ

सामाजिक फीड- जनकपुरधाम, असोज ७ गते । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३,९०० रूपैयाँले बढेको हो। संघका अनुसार सोमबार प्रतितोला २,१७,८०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार २,२१,७०० रूपैयाँमा पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार […]