Samajik Feed – News Portal from Nepal

सीके राउत नहटेपछि उपेन्द्रको क्षेत्र परिवर्तन, सप्तरी-२ छाडेर ३ मा पुगे

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तिम समयमा आएर आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। लामो समयदेखि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा रहेका यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उक्त क्षेत्र नछाड्ने अडान लिएपछि पछि हटेका हुन्। राउतको अडानपछि यादव अब सप्तरी निर्वाचन क्षेत्र नम्बर […]

धनुषा २ मा नेकपाको तर्फबाट झाले दर्ता गराए उम्मेदवारी

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पूर्व स्थानीय विकासमन्त्री समेत रहेका उनले उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्तापछि झाले जनताको पक्षमा काम गर्ने बताए । फाएजा फहमीदाफाएजा […]

कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउँदै

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउने भएका छन् । कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही ४ बाट लड्ने निश्चित भएको जानकारी बताए । थापा यसअघि तीन निर्वाचनमा काठमाडौँ – ४ बाट उम्मेदवार बनी निर्वाचित भएका थिए । फागुन २१ मा हुने निर्वाचनका लागि […]

रास्वपाका नेता बालेन शाहको जनकपुरमा मैथिलीमा सम्बोधन

सामाजिक फीड-जनकपुरधाम,माघ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुरमा आयोजित कार्यक्रममा मैथिली भाषामा सम्बोधन गरेका छन्। मधेसको पहिचान, भाषा र संस्कृतिप्रति सम्मान जनाउँदै उनले स्थानीय भाषामै भाषण गरेपछि कार्यक्रमस्थलमा उपस्थित समर्थकहरूले उत्साहजनक प्रतिक्रिया जनाएका थिए। बालेनको मैथिली सम्बोधनलाई मधेसप्रति अपनत्व र समावेशी राजनीतिक सन्देशको रूपमा हेरिएको छ। फाएजा फहमीदाफाएजा फहमीदा […]

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

सामाजिक फीड-जनकपुरधाम,माघ ५ गते । अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसार क्रममा मन्त्री गुप्ता जनकपुरधाममा छन् । गुप्ता रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा छन् । जनकपुरधाममा रहेका मन्त्री गुप्ताले आफूले राजीनामा दिइसकेको बताए । गुप्ता काठमाडौँ महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएका रास्वपाका वरिष्ठ […]

राजबिराज आउँदै गरेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ १ गते । विराटनगरबाट राजबिराज आउँदै गरेको ट्रक सुनसरीमा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ।बिहीबार बिहान साढे ५ बजे हुलाकी राजमार्गबाट राजविराजतर्फ आउँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले भोक्राहा नरसिंह गाउँपालिका ८ मा ट्रक अनियन्त्रित भई […]

भुक्तानी संकट चुलिँदा शहीद गंगालाल हृदय केन्द्रद्वारा स्वास्थ्य बीमा सेवा बन्द

सामाजिक फीड-जनकपुरधाम, माघ १ गते । स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा फसेसँगै ठूला अस्पतालहरुले धमाधम यो सेवा रोक्न थालेका छन् । बीमा बोर्डबाट समयमै भुक्तानी नआएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा अन्तर्गतका सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।अस्पताल प्रशासनका अनुसार शोधभर्ना बापत पाउनुपर्ने रकम लामो समयदेखि नआएकाले बीमा कार्यक्रम प्रभावकारी […]

देशभर धार्मिक आस्था, स्नान, दान र परम्परासहित मकर सङ्क्रान्ति उत्साहका साथ मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, माघ १ गते । तराई-मधेसमा ‘तिला सङ्क्रान्ति’ को रूपमा विशेष महत्वका साथ मनाइने माघे सङ्क्रान्ति आज देशभर धार्मिक आस्था, स्नान, दान र पारम्परिक परिकारसहित मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने आजको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ भने यही दिनबाट सूर्य उत्तरायण लाग्ने धार्मिक मान्यता छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले […]

कारबाहीपछि कांग्रेस विवाद नयाँ चरणमा

सामाजिक फीड-जनकपुरधाम, पुस ३०गते । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेसँगै पार्टीभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन पक्षधर यी तीन पदाधिकारीले पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै कारबाहीको निर्णय गरेको हो। तर, कारबाहीको […]

विशेष महाधिवेशन विवादले कांग्रेस फुट्यो

सामाजिक फीड-जनकपुरधाम, पुस ३०गते । नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको मागलाई सम्बोधन गर्न संस्थापन पक्ष तयार नभएपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ। यसैबीच, विशेष महाधिवेशन पक्षले सभापतिमा गगन थापालाई चयन […]