Samajik Feed – News Portal from Nepal

निर्वाचन आयोग आज प्रधानमन्त्रीसहित राजनीतिक दलसँग छलफल गर्दै

सामाजिक फीड-जनकपुरधाम, पुष ७ गते । निर्वाचन आयोग आज प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने जानकारी दिए । उनले छलफलमा हालसम्मको चुनावको […]

जाडोले कष्टकर बन्यो मधेशको जनजीवन, गरिब बस्तीको बिचल्ली

सामाजिक फीड-जनकपुरधाम, पुष ७  गते । पुस महिना सुरु भए लगतै बढ्दै गएको जाडोले मधेस प्रदेशको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अहिले केही दिन यता बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब एवं विपन्न बस्तीका बासिन्दाको बिचल्ली भएको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका जिल्लाको […]

मधेशको मुख्यमन्त्री कार्यालय गृह तथा सञ्चार मन्त्रालयमा सारियो

सामाजिक फीड-जनकपुरधाम, पुष ६  गते । मधेशको मुख्यमन्त्री कार्यालय गृह तथा सञ्चार मन्त्रालयमा सारियो जनकपुरधाम, पुस ६ गते। मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवनभित्रै रहेको गृहसञ्चार तथा कानुन मन्त्रालयमा सरेको छ । जिनजी आन्दोलनको क्रममा मधेस प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय गत भदौ २३ गते जलाइएपछि मधेस भवनभित्र रहेको कवर्ड हलमा सारिएको थियो […]

मधेश प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदै

सामाजिक फीड-जनकपुरधाम, पुष ६  गते । मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि परेको दुई वटै उम्मेदवारीलाई आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ । पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ मा दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ […]

जनकपुरको सुरक्षा हस्पिटल सहित धनुषाका चारवटा औषधी पसल शिल गरियो

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका तीन सहित धनुषाका चारवटा औषधि पसल शिल गरिएको छ । औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले अनुगमनको क्रममा चारवटा औषधी पसललाई शिलबन्दी गरिएको शाखा प्रमुख तथा औषधि व्यवस्थापक शम्भु साहले जानकारी दिए । उनका अनुसार रामानन्द चोकमा रहेको जनकपुर सुरक्षा हस्पिटल फार्मेसी, प्रशान्त मेडिकल […]

मधेस प्रदेशका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार शुक्रबार अपरान्ह ४ बजे बोलाइएको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । मंसिर १९ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६ दलका ७७ जना प्रदेश सभा सदस्यको […]

सर्लाही क्षेत्र नं. ४ मा मापदण्ड विपरीत उम्मेदवार सिफारिस भएको आरोप

सामाजिक फीड-जनकपुरधाम, पुस ३ गते । प्रतिनिधिसभा निर्वाचननका लागि नेपाली कांग्रेसले सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार सिफारिस मापदण्ड विपरीत गरेको आरोप लागेको छ ।आगामी फागुन २१मा हुने निर्वाचनका लागि सर्लाही ४ क्षेत्रीय कार्यसमितिको मंसिर २३ मा भएको बैठकबाट मधेश प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहको एकल नाम सिफारिस गरिएको थियो ।नेपाली कांग्रेसका महासमिति सदस्य इन्जिनियर […]

शुक्रबार विश्वासको मत लिने भन्दै मधेसका मुख्यमन्त्री यादवले प्रदेश सभामा पठाए पत्र

सामाजिक फीड-जनकपुरधाम, पुष २ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार विश्वासको मत लिने भन्दै प्रदेश सभामा पत्र पठाएका छन् । शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने भन्दै मुख्यमन्त्री यादवले त्यसका लागि व्यवस्था मिलाईदिन मधेस प्रदेशसभालाई अनुरोध गरेका हुन् । गत मंसिर १९ मा ६ दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री […]

मधेस प्रदेश सभा बैठक आज बस्दै

सामाजिक फीड-जनकपुरधाम, पुष २ गते । मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । हाल रिक्त रहेको सभामुख चयनको प्रक्रिया अगाडि बढाउन प्रदेश सभा सचिवालयले बैठक आह्वान गरेको हो । प्रदेश सभा बैठकअघि आज बिहान ११ बजे उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक बोलाइएको छ ।प्रदेश सभा बैठकबाट सभामुख निर्वाचन प्रक्रिया अनुमोदन […]

मधेश सरकारका योजना कार्यान्वयन टेन्डर प्रक्रियाबाट गर्ने सात दलीय गठबन्धनको सहमति

सामाजिक फीड-जनकपुरधाम, पुष ९ गते । मधेशको सातदलीय गठबन्धनले मधेस सरकारको सबै योजनाहरू टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको सातदलीय गठबन्धनको बैठकले योजनाहरूमा विगतका जस्तो हुने व्यतिथि निरुत्साहित गर्न मधेश सरकारका योजनाहरू टेन्डर प्रक्रिया मार्फत गर्ने निर्णय गरेको एक नेताले बताए ।सो बैठकमा सरकार विस्तार र मुख्यमन्त्रीले आगामी पुष ४ गते विश्वासको […]