Samajik Feed – News Portal from Nepal

प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने दलको संख्या १०८ पुग्यो

सामाजिक फीड-जनकपुरधाम, मंसिर १२  गते । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभाको चुनावमा भाग लिन चाहने दलको संख्या १०८ पुगेको छ । बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचनका लागी दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म पुगेको छ । निर्वाचन आयोगमा दल […]

श्रीलंकामा भीषण बाढी पहिरो : ५६ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर १२  गते । श्रीलंकामा लगातार परेको भारी वर्षाले यो हप्ता भीषण बाढी र पहिरो ल्याई ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। देशभरका विभिन्न स्थानमा आएको बाढी-पहिरोमा परेर कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना अझै बेपत्ता छन्। हालका वर्षहरूमा देखा परेका सबैभन्दा गम्भीर प्राकृतिक प्रकोपहरूमध्ये यो एक मानिन्छ। डिजास्टर […]

मधेशका मुख्यमन्त्री नियुक्त विरुद्धको सुनुवाइ आज पनि हुँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर १२  गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ हुँदै आएको छ ।बिहीबारको लागि पेसी तोकिएकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहितका ७४ सांसदहरु, रकीप्रसाद […]

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिए

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबार नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भयो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने दिलिप नाथले ३१ […]

अशोक कुमार यादवले जसपा छोडे

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी पद सहित साधारण सदस्यतासमेत त्याग्दै राजीनामा दिएका छन्।उनले आज जसपाका अध्यक्षसमक्ष औपचारिक पत्र बुझाउँदै पार्टीबाट पूर्ण रूपमा अलग हुने घोषणा गरेका हुन्। यादवले हालको राजनीतिक परिस्थितिमा मधेसको विकास, अधिकारको रक्षा र जनताको अपेक्षा पूरा गर्ने […]

मधेस सरकार गठन विरुद्धको रिट फुयाल र पाण्डेयको इजलासमा

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि पेसी न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयलाई लिएर रिट दायर भएको थियो । रक्की साहसमेत दुई […]

चार महिनामा वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोड बराबरको उत्पादन निर्यात

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा ३३ अर्ब २१ करोड रुपैयाँ बराबरका उत्पादन निर्यात भएको छ ।गत आवमा पहिलो चार महिनामार १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए । वीरगञ्ज नाका हुँदै १७ अर्ब ३२ करोडको भटमासको तेल र दुई अर्ब ६० […]

चिसो र प्रदूषण बढेसँगै काठमाडौंमा श्वासप्रश्वासका बिरामी बढ्दै

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएसँगै श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीको संख्या तीव्र रूपमा वृद्धि भएको छ। तापक्रम घटिरहेको र वायु प्रदूषण खतरनाक स्तरमा पुगेको कारण वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा दम, सिओपिडी लगायतका समस्या लिएर आउने बिरामीको संख्या दिनानुदिन बढिरहेको चिकित्सकहरूले बताएका छन्। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा […]

विवाह पञ्चमीमा सफाइ गरेको भन्दै २१ सफाइकर्मी सम्मानित

सामाजिक फीड-जनकपुरधाम, मंसिर १० गते । सीताराम विवाहपञ्चमी महोत्सवमा सरसफाइ गरेको भन्दै २१ जना सफाइकर्मी सम्मानित भएका छन् । विवाह पञ्चमीको अन्तिम दिन आज जनकपुरधामस्थित जानकी मन्दिरले पहिलो पटक २१ जना सरसफाइकर्मीलाई विशेष सम्मान प्रदान गरेको हो । मन्दिर परिसरमा निर्माण गरिएको विवाहमञ्चमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सरसफाइमा निरन्तर खटिनेमध्ये २१ जनालाई […]

धनगढीमा बस्नेत विरोधका बीच जेनजी र युवा संघबीच झडप, एक घाइते

सामाजिक फीड-जनकपुरधाम, मंसिर १० गते । नेकपा एमालेका नेता महेश बस्नेतको आगमनविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी समूह र युवा संघका नेता–कार्यकर्ताबीच धनगढीमा झडप भएको छ। बस्नेत धनगढी आउने सूचना सार्वजनिक भएपछि जेनजी युवाहरूले जेनजी चोकमा कालोपट्टी बाँधेर र प्लेकार्डसहित विरोध प्रदर्शन सुरु गरेका थिए। यसैक्रममा धनगढी विमानस्थलबाट बस्नेतलाई मोटरसाइकल स्कटिङ गर्दै ल्याइरहेका युवा संघका कार्यकर्ताहरू जेनजी […]